१० जेष्ठ २०८२, शुक्रबार | May 24, 2025

को समातिए को छुटे


415
Shares

काठमाडौं, ९ जेठ । देशमा पुराना शक्ति सत्ता जोगाउन र नयाँ शक्ति सत्ता पल्टाउन उद्धत छन् । गणतन्त्र स्थापना भन्दा अघि नै बहुदल आउँदा पुराना शक्ति थिए पञ्च । उनीहरु पूर्वपञ्चका रुपमा राप्रपा गठन गरी आए । त्यतिबेला नयाँ शक्ति थिए काँग्रेस र कम्युनिस्ट ।

कम्युनिस्टमा पनि माओवादी नयाँ शक्तिका रुपमा उदायो । हिंसात्मक गतिविधिबाट सत्तासम्म आयो ।

परिस्थिति बदलिएको छ । काँग्रेस र कम्युनिस्ट पुराना भइसकेका छन् । पूर्वपञ्चहरु नयाँ शक्ति जसरी प्रस्तुत हुन थालेका छन् ।

रवि लामिछाने नेतृत्वको रास्वपा, बालेन, हर्क साम्पाङ, गोपी हमाल जस्ता नयाँ शक्ति पनि उदाएका छन् । रेशम चौधरी, सीके राउत पनि नयाँ शक्ति नै हुन् । उपेन्द्र यादव, महन्थ ठाकुर जस्ता नेता पुराना नै हुन् ।

अहिले सत्ताको खेलमा नयाँ शक्तिलाई पुराना दलले तारोमा पारेका छन् । रवि लामिछाने पटक पटक सहकारी ठगी प्रकरणमा पक्राउ परिसकेका छन् । धबल शमशेर, रवीन्द्र मिश्र जस्ता राजावादीलाई पनि समातेर रिहा गरिएको छ ।

पछिल्लो समय राजावादी बनेका दुर्गा प्रसाईँ हिरासतमा छन् । उनलाई छाड्ने ढाँचाकाँचा देखिदैन । यसरी समातिने र छुट्ने क्रम चलिरहेको छ देशमा ।

प्रतिक्रिया