४ चैत्र २०८१, मंगलबार | March 19, 2025

हमासले बन्दी छाड्न नमानेपछि गाजामा भीषण आक्रमण


1.5k
Shares

एजेन्सी, ५ चैत्र । हमासले बन्दी छाड्न नमानेपछि इजरायलले गाजामा भीषण आक्रमण गरेको छ । घटनामा दर्जनौंको मृत्यु भएको छ ।

युद्धविरामपछि गाजामा शान्ति कायम भएपनि बन्दी छाड्न अमेरिका र इजरायलले चेतावनी दिदै आएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दी तत्काल नछाडे हमासलाई ध्वस्त पारिदिने चेतावनी समेत दिएका थिए । तर, बन्दी छाड्न मानेन हमासले ।

पछिल्लो घटनापछि मध्यपूर्वमा अशान्ति बढेको छ । यमनमा हुथीमाथि अमेरिकाले हवाई हमला गरिसकेको छ । अब थप हमला हुनसक्ने देखिदैछ ।

प्रतिक्रिया