रुस र नाटो देशबीच युद्धको खतरा

एजेन्सी, ४ चैत्र । रुस र नाटो देशहरुबीच युद्धको खतरा बढेको छ । नाटो देशका बेलायत र फ्रान्सले युक्रेनमा शान्ति सैनिक तैनाथ गर्ने रणनीति बनाएपछि रुसले सिधै युद्ध हुने चेतावनी दिएको हो । रुसी सुरक्षा परिषद्का उपप्रमुख डिमित्री मेडभेडेभले नाटोबाट युक्रेनमा सैनिक तैनाथ भए सिधै युद्ध हुने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै मेडभेडेभले युद्धको चेतावनी दिएका हुन् । उनले फ्रान्सका राष्ट्रपनि इमानुअल म्याक्रोन र बेलायतका प्रधानमन्त्री केर स्टारमरले मूर्खतापूर्व खेल खेलिरहेको लेखेका छन् ।
बेलायत र फ्रान्सले युक्रेनलाई साथ दिइरहेका छन् । अमेरिकाले युक्रेनलाई सहयोग रोक्न थाल्दा यी दुई देशले साथ बढाएका छन् । रुसले यो घटनालाई नाटो देशहरुसँग युद्धको खतरा बढेको संकेत दिइरहेको छ । नाटो देशमध्ये अमेरिका रुससँग नजिक बन्दै गएको छ ।