२६ फाल्गुन २०८१, सोमबार | March 10, 2025

राजा आऊ, देश बचाऊः वर्तमान राजनीतिक परिवर्तन र पूर्व राजा ज्ञानेन्द्रको लोकप्रियता


5.3k
Shares

आकृति रायमाझी । नेपाल एक ऐतिहासिक र सांस्कृतिक धरोहर भएको देश हो, जसले विभिन्न राजनीतिक उतार–चढावको सामना गर्दै आएको छ । आजको समयमा, जब हाम्रो समाजमा राजनीतिक अस्थिरता, भ्रष्टाचार र सामाजिक विभाजन जस्ता समस्याहरू बड्दै गएका छन्, “राजा आऊ, देश बचाऊ“ भन्ने नाराले एक नयाँ सन्देश र सम्भावना ल्याउँछ ।

नेपालको राजनीतिक परिप्रेक्ष्यमा अहिलेका दिनहरू विशेष महत्वका छन् । राजनीतिक अस्थिरता, दलहरूको विवाद, र जनताको निराशा जस्ता समस्याहरूले गर्दा देशको विकासमा अवरोध उत्पन्न भएको छ । यस्तो अवस्थामा, राजा ज्ञानेन्द्रको लोकप्रियता पुनः चर्चामा आएको छ । “राजा आऊ, देश बचाऊ” भन्ने नाराले आजको सन्दर्भमा विशेष अर्थ राख्छ ।

यस अवस्थामा, राजा ज्ञानेन्द्रको सन्देश र नेतृत्वको आवश्यकता महसुस गरिएको छ । धेरै मानिसहरूले उनलाई एक सशक्त र स्थायी नेतृत्वको प्रतीकको रूपमा देख्न थालेका छन् । राजा ज्ञानेन्द्रको लोकप्रियता केवल ऐतिहासिक सन्दर्भमा सीमित छैन, आजको समयमा उहाको सहनशीलतालाई प्रेरणादायक सन्देशको रूपमा लिएको पाईन्छ । जनताले राजा ज्ञानेन्द्रलाई एकता र राष्ट्रिय पहिचानको प्रतिकको रूपमा बुझ्न थालेका छन् । उनलाई वर्तमान राजनीतिक अस्थिरता र भ्रष्टाचारको विरुद्धमा एक विकल्पको रूपमा हेरिन्छ ।

संसदमा र राजनीतिक दलहरूमा भइरहेको गुट र फूट, अनावश्यक कुर्सिको लड़ाई, विवाद र असहमतिहरूले जनतालाई निराश बनाएको छ । राजनीतिक नेतृत्वको कमी र सुशासनको अभावले गर्दा जनताको जीवनस्तर घट्दै गएको छ तर हरेक नेताको जीवन स्तर भने बृद्धि भएको सर्वविदितै छ । यस्तो अवस्थामा, एक सशक्त र योग्य नेतृत्वको आवश्यकता महसुस हुदा “राजा आऊ“ भन्ने अवधारणा लोकप्रिय बन्न गएको छ । यो केवल ऐतिहासिक सन्दर्भमा सीमित छैन, यो आजको समयमा राजा ज्ञानेंद्रले देश र जनता प्रति देखाएको निःस्वार्थ त्याग सहनशीलता को प्रेरणादायी सन्देशको रूपमा लिईएको छ ।

राजा भनेको केवल एक शासक मात्र होइन, जनताको अभिभावक, एकताको प्रतीक हो, जसले देशको भावनात्मक र सांस्कृतिक एकतालाई दर्शाउँछ । आजको राजनीतिक परिप्रेक्ष्यमा, यदि एक सशक्त र सक्षम नेतृत्वको आवश्यकता छ भने, यसका लागि परिवर्तन, नयाँ सोच र दृष्टिकोणको आवश्यकता छ ।

संसदमा र राजनीतिक दलहरूमा भइरहेको गुट र फूट, अनावश्यक कुर्सीको लड़ाई, विवाद र असहमतिहरूले जनतालाई निराश बनाएको छ। राजनीतिक नेतृत्वको कमी र सुशासनको अभावले गर्दा जनताको जीवनस्तर घट्दै गएको छ तर हरेक नेताको जीवन स्तर भने बृद्धि भएको सर्वविदितै छ । यस्तो अवस्थामा, एक सशक्त र योग्य नेतृत्वको आवश्यकता महसुस हुदा ‘राजा आऊ’ भन्ने अवधारणा लोकप्रिय बन्न गएको छ ।

“देश बचाऊ“ भन्ने नाराले हामीलाई सोच्न बाध्य पार्छ कि हामी के गरिरहेका छौं । हाम्रो राजनीतिक अवस्था सुधार गर्नका लागि केवल राजा मात्र होइन, हरेक नागरिकले आफ्नो भूमिका निभाउनुपर्छ । राजनीतिक दलहरूलाई जनताको चासो र आवश्यकतामा ध्यान दिनुपर्नेछ । जनताले आफ्नो आवाज उठाउन, राजनीतिक प्रक्रियामा सक्रिय रहन र सही नेतृत्व छनोट गर्नुपर्छ । आजको समयमा,जब सामाजिक सञ्जाल र मिडियाको प्रभाव बढ्दै गएको छ, नागरिकहरूले आफ्नो विचार र भावना व्यक्त गर्न सजिलो भएको छ ।

हाम्रा समस्याहरू जटिल छन्, तर समाधान पनि सम्भव छ । केवल सत्ता पाउने होड़मा नजाने, जनताको जीवनस्तर सुधार गर्ने र विकासका लागि दीर्घकालीन योजनाहरू बनाउनै पर्नेछ ।  राजा आऊ भन्ने सन्देशले हामीलाई एकता र सहकार्यको महत्व सम्झाउँछ । जात, धर्म, र क्षेत्रको आधारमा विभाजन गर्न नहुने कुरा सबैले बोध गर्नुपर्छ । हिजो को जन लहर जस्तै जब हरेक नागरिकले स्वत स्फूर्त एकजुट भएर काम गर्छ, तब मात्र देशको विकास सम्भव हुन्छ । “राजा आऊ, देश बचाऊ“ भन्ने नाराले राजनीतिक चेतनाको सन्देश दिन्छ । आजको समयमा, हामी एकजुट भएर, देशको भविष्यको लागि सही नेतृत्व छनोट गर्न आवश्यक छ ।

राजा ज्ञानेन्द्रले राजगद्दी सम्हाल्नुका साथसाथै देशको राजनीतिक परिप्रेक्ष्यमा महत्वपूर्ण परिवर्तन ल्याउने प्रयास गरेका थिए । तर, राजनीतिक दलहरूको असफलता र उनको शासनकालको विवादास्पद घटनाक्रमले गर्दा राजा ज्ञानेन्द्रको योगदानलाई एकपटक पुनः विचार गर्नु आवश्यक छ ।

राजा ज्ञानेन्द्रको शासनकालमा उनले केही महत्वपूर्ण निर्णयहरू गरे, जसले तत्कालीन राजनीतिक अवस्थालाई प्रभावित पारेको थियो । उनले संसद भंग गरेर प्रत्यक्ष शासकको रूपमा शासन गर्न थालेका थिए। यस निर्णयले उनलाई तत्कालीन राजनीतिक दलहरूको आलोचनाको सामना गरायो । तर, उनले राष्ट्रको सुरक्षाका लागि आतंकवाद र माओवादी विद्रोहको विरुद्धमा कठोर कदम उठाएका थिए । यसले देशमा केही हदसम्म स्थिरता ल्याएको थियो, तर दीर्घकालीन समाधानको खोजीमा उनले राजनीतिक दलहरूको सहकार्यको अभावलाई ध्यानमा राख्न सकेनन्।

राजा ज्ञानेन्द्रले केन्द्रीय सरकार र राजनीतिक दलहरूबीचको सम्बन्ध सुधार्नका लागि प्रयास गरेका थिए, तर राजनीतिक दलहरूको आपसी प्रतिस्पर्धा र असहमतिले गर्दा उनलाई सफलता प्राप्त गर्न कठिनाइ भएको थियो। राजनीतिक दलहरूले आफूलाई जनताको सेवामा समर्पित गर्नुपर्ने, तर आन्तरिक विवाद र भ्रष्टाचारले गर्दा जनता निराश बनेका थिए।

यसै कारण, राजा ज्ञानेन्द्रको योगदान र प्रयासहरूलाई सही तरिकामा मूल्याङ्कन गर्न आवश्यक छ। उनले देशको सुरक्षा र स्थिरता सुनिश्चित गर्नका लागि प्रयास गरे, तर राजनीतिक दलहरूको असफलताको कारण उनी यसमा पूर्ण सफलता प्राप्त गर्न सकेनन्। राजनीतिक दलहरूले जनताको चासो र आवश्यकतामा ध्यान दिन असफल भएका कारण, राजा ज्ञानेन्द्रको शासनकालले जनताको विश्वासको कमी ल्याएको थियो।

आजको समयमा, जब देशमा राजनीतिक अस्थिरता र भ्रष्टाचारका मुद्दाहरूले समस्याहरू पैदा गरिरहेका छन्, तब “राजा आऊ, देश बचाऊ” भन्ने नाराले राजा ज्ञानेन्द्रको योगदानलाई सम्झाउने अवसर प्रदान गर्दछ । यदि उनले राजनीतिक दलहरूको सहयोग र सहकार्यको माध्यमबाट आफ्नो योजना लागू गर्न सकेको भए, तिनीहरूको योगदान अझ प्रभावकारी हुन सक्थ्यो ।

राजा ज्ञानेन्द्रको नेतृत्वले केही हदसम्म स्थिरताको आशा जागेको भए पनि, यो स्पष्ट छ कि राजनीतिक दलहरूको असफलता र आपसी प्रतिस्पर्धाले देशको विकासलाई अवरुद्ध गरेको छ । आजको समयमा, जब राजा ज्ञानेन्द्रको लोकप्रियता पुनः चर्चामा आएको छ, यो कुरा हामीले विचार गर्नुपर्छ कि कस्तो नेतृत्व आवश्यक छ र त्यो नेतृत्वले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन कति को योगदान दिन सक्ने छन ।
(रायमाझी अधिवक्ता हुन् ।)

 

प्रतिक्रिया