५० लाख डलरको गोल्ड कार्ड किन्नेलाई अमेरिकी ग्रीन कार्ड

एजेन्सी, १४ फागुन । ५ लाख डलरको गोल्ड कार्ड खरिद गर्नेले अमेरिकी ग्रीन कार्ड पाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विदेशी धनाढ्यका लागि अमेरिकी नागरिकता पाउने नयाँ प्रस्ताव ल्याउने बताएका हुन् ।
ट्रम्पले गोल्ड कार्ड बेच्ने बताउँदै भने, ‘जसले ५० लाख डलरको कार्ड किन्छ उसले ग्रीन कार्ड पाउँछ ।’ अबको दुई हप्तापछि गोल्ड कार्ड बेच्न सुरु हुने समेत बताए ।