अमेरिकामा २ सय वर्ष नाघेका वृद्धभत्ता पाउने हजारौं नागरिक भेटिए (भिडियोसहित)

एजेन्सी, ७ फागुन । अमेरिकामा सामाजिक सुरक्षा भत्तामा ठूलो अनियमितताको खुलासा भएको छ । मृत्यु भइसकेकाहरुले समेत भत्ता लिइरहेको खुलासा राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेपछि तरंग आएको छ ।
ट्रम्पले गएराति कार्यकारी निर्देशनमा हस्ताक्षर गर्दा बोल्दै ३६० वर्षको उमेर समूहका नागरिक समम देखाएर अनियमितता भएको सार्वजनिक गरेका हुन् । ट्रम्पले उमेर समूहको संख्या खुलाउँदा आश्चर्यजनक विवरणहरु देखिएका छन् ।
विवरणमा अमेरिकामा २०० देखि २०९ वर्ष उमेर समूहका ८७९ जना छन् । उनीहरुले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । २२० देखि २२९ वर्ष उमेर समूहका १०३९ जना भेटिएका छन् ।
९० देखि ९९ वर्षसम्मका ६० लाख ५४ हजार, ९९ देखि १०९ वर्षसम्मका ४७ लाख ३४ हजार, १२० देखि १२९ वर्ष उमेर समूहका ३४ लाख ७२ हजार, १३० देखि १३९ उमेर समूहका ३९ लाख ३६ हजार, १४० देखि १४९ उमेर समूहका ३५ लाख ४२ हजार, १५० देखि १५९ वर्ष उमेर समूहका १३ लाख ४५ हजार, १६० देखि १६९ उमेर समूहका १ लाख २१ हजार, १७० देखि १७९ ६ हजार ८७, २०० देखि २०९ उमेर समूहका ८७९ जना, २१० देखि २१९ वर्षका ८६६ जना, २२० देखि २२९ एक हजार ३९ जना, २४० देखि २४९ सम्मको एकजना र एकजना ३६० वर्ष उमेर समूहका ।