२९ माघ २०८१, मंगलबार | February 11, 2025

ताप्लेजुङमा केबुलकारविरोधी वार्ता टोलीमा सबै ताप्लेजुङबाहिरका


February 10, 2025
1.6k
Shares

काठमाडौं, २८ माघ । ताप्लेजुङको पाथिभरामा केबुलकार निर्माण रोक्न एउटा समूह निकै सक्रिय भयो । उक्त समूहले लामो समय रोकटोक गरेपछि हिंसाको खतरा नै भयो । त्यसपछि निर्माण गर्ने कम्पनी तत्कालका लागि ब्याक भयो ।

अहिले सरकारले ताप्लेजुङमा केबुलकारविरुद्ध उभिएको टोलीसँग वार्ता बढाएको छ । वार्ता टोलीमा सबै राजनीतिक संघसंगठनका व्यक्तिहरु देखिएका छन् । रोचक त यो छ कि उनीहरु सबै ताप्लेजुङ बाहिरका छन् ।

१. सरस्वति सिंघक (सरु) (जसपा नेता ) २. यासेली योङहाङ (मुन्धुम जानकार, कलाकार, पांचथर हाल ललितपुर) ३. सुर्य बिक्रम चेम्जोङ (जसपा नेता, धनकुटा) ४. खगेन्द्र माखिम (संघिय लिम्बुवान नेता) ५. सन्तोष मेहता ( राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेता, सुनसरी) ६. दिलकुमार लावती ( नागरिक उन्मुक्ति पार्टी सहसचिव, पांचथर) ७. आङकाजी सेर्पा ( जसपा, सोलुखुम्बु) ८. राजकुमार नाल्बो ( नेपाल जनमुक्ति पार्टी, पुर्खौली घर ताप्लेजुङ हाल काठमाडौं) ९. रन्धोज ताम्लिङ (पांचथर) ।

प्रतिक्रिया