सम्पदाहरू नेपालका खुला संग्रहालय हुन् : मन्त्री पाण्डे
काठमाडौं,२१ माघ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलय भएको उद्घोष गर्नु भएको छ।
सोमबार प्रा।डा।सोमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढनेका स्मारिका नामक पुस्तकको विमोचन गर्दै उक्त कुरा बताउनु भएको हो। मन्त्री पाण्डेले भन्नुभयो, हामी जीवित सम्पदाहरूले धनी छौं। विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन्।यसलाई चलायमान् बनाउन आवश्यक छ।
मन्त्री पाण्डेले सम्पदाहरू ठूलो पूँजीको रूपमा रहेको उल्लेख गर्दै जल,जंगल र जडिबुटी जस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औल्यानु भयो। उहाँले प्राकृतिक सम्पदाहरू जोगाउनका लागि प्राज्ञिक र एकेडेमीक रूपमा बहस र छलफल हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सम्पदाको अध्ययन,अन्वेषणहुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरि निष्कर्षमा पुग्नु पर्ने बताउनु भयो। मन्त्री पाण्डेले हनुमानढोका दरबार क्षेत्रको मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेको भन्दै प्रशंसा समेत गर्नुभयो।