२१ माघ २०८१, सोमबार | February 3, 2025

चीनप्रति ट्रम्पको कठोर नीतिले विश्व बजारमा कुन कुन असर


February 3, 2025
498
Shares

एजेन्सी, २१ माघ । अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेलगत्तै डोनाल्ड ट्रम्प चीनप्रति कठोर बन्न थालेका छन् । उनले चिनियाँ सामान आयातमा कर बढाएका छन् ।

चीनप्रति कडा नीति राख्ने मार्को रुबियोलाई विदेशमन्त्री बनाएर ट्रम्पले आफ्नो नीति प्रष्ट पारिसकेका थिए । उनले चिनियाँ सामानमा कर बढाएर अमेरिकी उद्दोग र कामदारको रोजगारी सुरक्षाको उद्देश्य राखिएको घोषणा नै गरे ।

चीनमाथि मात्र नभई मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा पनि कर बढाएका छन् । मेक्सिकोसँगको सीमामा कडाई गरिसकेका छन् ट्रम्पले । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडिउलाई राजीनामा दिन वाध्य पारेका छन् ।

ट्रम्पको पछिल्लो नीतिले मेशिनरी र इलेक्ट्रिक सामानको मूल्य बढेको छ । विश्व शेयर बजारमा गिरावट आएको छ । शेयरको मूल्य ह्वात्तै घटेको छ । क्रिमटोकरेन्सी, बिटक्वाइन र इथरको मूलय पनि घटेको छ ।

अमेरिकी डलरको तुलनामा पेसो, युआन र क्यानडेली डलर कमजोर भएका छन् ।

प्रतिक्रिया