सामाजिक सुरक्षा भत्ता बुझ्न काठमाडौं–१४ को आग्रह
काठमाडौं,१५ माघ । काठमाडौं महानगरपालिका वडा न. १४ अन्तर्गत वितरण गरिने सामाजिक सुरक्षा भत्ताको दोस्रो किस्ता बिहीबारदेखि वितरण भइरहेको छ ।
राष्ट्रिय बाणिज्य बैंक,कलंकी शाखाबाट गत माघ १० गतेदेखि वितरण भइरहेको जानकारी दिंदै आवश्यक कागजातसहित सामाजिक भत्ता बुझ्न वडाध्यक्ष सुमन श्रेष्ठले सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
सामाजिक भत्ता लिनको लागि ल्याप्चेको हकमा सक्कलै नागरिकता र अन्यमा नागरिकताको फोटोकपी,सामाजिक सुरक्षा भत्ता कार्ड र सम्बन्धित बैंकको चेक बुक आवश्यक पर्छ ।