३ आश्विन २०८१, बिहिबार | September 19, 2024

गोविन्द भट्टराई चुनाव जिते मन्त्री पक्का


0
Shares

काठमाडौं, ६ वैशाख । गोविन्द भट्टराई यतिबेला चर्चामा छन् । उनी तनहुँ क्षेत्र नं १ बाट नेपाली काँग्रेसको रुख चिन्ह लिएर सत्ता गठबन्धनको उम्मेदवार छन् । उनी चुनाव जितेमा मन्त्री बन्ने पक्का छ ।

भट्टराई चुनाव जितेमा मन्त्री बनाउने घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गरेका छन् । भट्टराई आवद्ध दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि उनलाई मन्त्री बनाउने घोषणा गरिसकेका छन् ।

आज बुधवार तनहुँको डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘गोविन्द भट्टराई चुनाव जिताउनुहोस्, शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँको साथमा छु ।’ प्रचण्डले आफूले मन्त्री बनाउने हो भन्दै भट्टराईलाई मन्त्री बनाउने बताए ।

प्रचण्डले आफूले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने भनेको र त्योभन्दा पनि माथि राष्ट्रपति नै बनेको सुनाए । गोविन्द भट्टराई पनि मन्त्री बन्ने उनको भनाई थियो ।

चुनावी सभामा काँग्रेस सभापति शेरबहादुर देउवाले गोविन्द भट्टराईलाई जिताएर पठाएमा मन्त्री बनाउने बताए । उनले तनहुँ काँग्रेसको बलियो पकड क्षेत्र भएकाले चुनाव भट्टराईले नै जित्ने ठोकुवा गरे ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भट्टराईलाई आफ्नो दलको पूर्ण साथ सहयोग रहने बताए । गोविन्द भट्टराईको उम्मेदवारीलाई काँग्रेसले मात्र नभई सत्ता गठबन्धनले निकै महत्व दिएको छ ।

 

प्रतिक्रिया