७ पुस २०८१, आइतबार | December 22, 2024

पुष्पलाललाई छोयला, मोतीदेवीलाई मासुभात खुवाउने पिएल सिंहका रोचक कहानी


December 21, 2024
415
Shares

सरोज मिश्र । गत १ पुसका दिन नेपाली कांग्रेसका पुराना नेता पीएल सिंहको ८८ वर्षको उमेरमा निधन भयो । स्वाभाविक रूपमा मैले राजधानीको अग्रपृष्ठमा केही टिप्पणी र ऐतिहासिक तथ्यसहितको समाचार लेखें । सामान्यतया मेरो सो टिप्पणीप्रति नकारात्मक प्रतिक्रिया पाइनँ । धेरैले आफूहरूलाई थाहा नभएको धेरै कुरो बुझ्न पाइएको नै बताए । सक्रिय कांग्रेस कार्यकर्तालाई बीपी कोइराला र गणेशमान सिंहको योगदानका ’दयगतमा समेत थाहा नभएको परिप्रेक्षमा वास्तवमै पर्दापछाडि लुकेका पीएल सिंहका ’दयगतमा थाहा नहुनु अस्वाभाविक नमानौं १ कुनैकुनै कुनाबाट चाहिँ ‘पीएल सिंह मुखपृष्ठको मुख्य समाचार समीक्षा बन्ने पात्र हो र रु’ अथवा ‘यो कांग्रेसको भक्ति हो’ जस्तो आलोचनात्मक टिप्पणीसमेत सुन्न पाइयो । म त्यस्ता टिप्पणीको जवाफ दिइरहनु आवश्यक सम्झिन्नँ । फगत यति भन्न चाहन्छु– मेरै सम्पादनमा प्रकाशित राजधानी दैनिकले सीता दाहाल र सुवासचन्द्र नेम्बाङको निधन हुँदा यसभन्दा दुई–चार गुणा बढी नै स्थान दिएको थियो र व्यक्तिगत रूपमा म पीएल सिंहलाई सीता दाहाल र सुवासचन्द्र नेम्बाङ भन्दा कुनै हिसाबले कम मान्दिनँ, केही गुणा बढी नै मान्छु ।

२ पुसको अंकमा पीएल सिंहको चर्चा गर्दा गणेशमान सिंहको व्यक्तित्व विकास र परिवारको संरक्षणमा पीएलको योगदानमा केन्द्रित रहेर उहाँको राजनीतिक पक्ष समेट्ने कोसिस गरिएको थियो । आज पीएल सिंहको संवेदना एवं व्यक्तिगत व्यवहारसंग सम्बन्धित केही रोचक पक्षहरू पस्किने कोसिस गर्दै छु ।

म पीएल सिंह शारीरिक रूपमा पूर्ण स्वस्थ र सक्रिय रहेको समयको कुरा गर्दै छु । पीएललाई भेट्नु परेमा केही निश्चित स्थानहरू हुन्थ्यो– चाक्सिबारी निवास वा त्यस्तै निश्चित कार्यालय । मोबाइल फोन नभएको त्यस समयमा केही कारणले उनलाई कतै भेटिएन भने उनलाई राम्ररी चिन्नेहरू भन्ने गर्थे, ‘काठमाडौंका ठूला अस्पताल वा श्मशान घाटतिर गएर खोजियो भने उनी पक्कै भेटिनेछन् ।’ हुन पनि उनी कुनै न कुनै बिरामीलाई भेट्न वीर अस्पताल वा कुनै अस्पताल नपुगेको दिनै हुँदैनथ्यो । त्यस्तै प्रत्येक दिन जस्तो उनी प्रायः आर्यघाट अथवा काठमाडौंका अन्य विष्णुमती किनारका श्मशान भूमिमा पुग्थे मलामीका रूपमा । मैले पीएल सिंहलाई धेरैपटक जिस्किने शैलीमा भनेको छु, ‘तपाईं वीर अस्पताल र आर्यघाटतिर एउटा स्थाई कार्यालय खोल्नुस् ।’ यसरी उनी पुग्ने थलोमा कुनै जातपात वा राजनीतिक आस्था वा विचारका आधारमा पटक्कै कुनै भेद हुन्नथ्यो । यो त उनको व्यक्तित्वमा स्वतः घोल्लिएको संवेदनाको प्रस्फुटन मात्र थियो । नेपालका अस्पतालमा मात्र होइन नयाँ दिल्लीको एम्स अस्पतालमा समेत वरिष्ठ कनिष्ठ सबै चिकित्सकसँग उनको गहिरो हिमचिम थियो । मानिसहरू उनलाई डा। पीएलसमेत भन्ने गर्थे १

पीएललाई भेट्नु परेमा केही निश्चित स्थानहरू हुन्थ्यो– चाक्सिबारी निवास वा त्यस्तै निश्चित कार्यालय । मोबाइल फोन नभएको त्यस समयमा केही कारणले उनलाई कतै भेटिएन भने उनलाई राम्ररी चिन्नेहरू भन्ने गर्थे, ‘काठमाडौंका ठूला अस्पताल वा श्मशान घाटतिर गएर खोजियो भने उनी पक्कै भेटिनेछन् ।’

२०५१ सालको मध्यावधि निर्वाचनपश्चात मनमोहन अधिकारीको नेतृत्वको सरकार ९ महिनामा ढलेर शेरबहादुर देउवाको कांग्रेस ‘राप्ररा’ गठबन्धन सरकार बन्यो । त्यही ताका कवि मोहन कोइराला गम्भीर रूपमा बिरामी पर्नुभयो । शिक्षण अस्पताल महाराजगन्जको १८÷२० दिनको उपचारपछि उहाँलाई मुटुको थप उपचारका लागि नयाँ दिल्लीस्थित एस्कर्ट अस्पताल लैजानुपर्ने भयो । कविजीका छोरा दीपक मेरा अत्यन्तै नजिकका मित्र भएको कारणले म स्वतः संलग्न हुन पुगेको थिएँ । काठमाडौंको अस्पतालको खर्च र दिल्लीमा हुने सम्भावित खर्च अनुमान गर्दा परिवारको आफ्नो स्रोतले अपुग हुने अवस्था देखिएपछि स्थापित साहित्यकार मोहन कोइरालाको उपचारका लागि सरकारसँग गुहार्ने काम गरियो । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सदासयतापूर्ण सिफारिसपश्चात देउवा सरकारले ७५ हजार रुपैयाँ आर्थिक सहायता दियो । त्यस रकमले काठमाडौंको अस्पतालको बिल तिर्न पनि पुग्दैनथ्यो । मलाई याद छ, दिल्लीको अस्पतालमा शल्यक्रिया शुल्क मात्र भारू ३ लाख तिर्नुपरेको थियो । दीपकले आफ्नै ढंगले रकम जोहो गर्दै थिए । ठीक त्यहीबेला मलाई महानगरका मेयर पीएल सिंहको याद आयो र हामी उनीकहाँ पुग्यौं । उनले कुरा सुन्ने बित्तिकै काठमाडौं शिक्षण अस्पतालको सम्पूर्ण बिल महानगरले तिर्नेगरी निवेदन लेख्न लगाए र तत्काल निर्णय गरिदिए । त्यो बिल रकम झन्डै ८५ हजार रुपैयाँको थियो । हेक्का रहोस्, निवेदन लिने र निर्णय गर्ने काम चाक्सिबारी निवासमै भएको थियो । मैले आजसम्म बुझ्न सकेको छैन, सरकारको मन्त्रिपरिषद्को निर्णयले ७५ हजार रुपैयाँ र मेयर सा’बको एकल निर्णयले ८५ हजार रुपैयाँ १ मैले सामान्य रूपमा पीएल सिंहलाई यसरी सहायता गर्दा उनलाई प्रक्रियागत अप्ठ्यारो पर्ला कि भनेर प्रश्न गर्दा उनको जवाफ थियो, ‘उहाँजस्तो मानिसका लागि जे पर्छ हेरौंला १’

यो कथा सुन्दा कतिपयले ‘महानगरको कोषमा मनपरी’को आरोप लगाइएला १ कुरो त्यस्तो होइन १ महानगरका मेयरका रूपमा उनलाई ‘फ्लाइङ मेयर’ भनी बदनाम गराइएको थियो । वास्तवमै उनले असंख्य विदेश भ्रमण गरे । तर, धेरै कमलाई थाहा होला, त्यस्ता भ्रमणमा महानगरको पैसा बिरलै खर्च भयो । अधिकांश रकम विदेशी दाताले बेहोरेका थिए । उनले त त्यस भ्रमणबाट महानगरका लागि बिपूल धनराशि जम्मा गरिदिएका थिए । तर, अचम्म के भने त्यसरी जम्मा गरेको धनराशि उनले खर्च गरेनन् १ उनलाई भ्रष्टाचार हुन्छ भन्ने डरले खर्चमा कञ्जुस बनायो । उनी पछि मेयर बनेका केशव स्थापितले त्यस रकमको भरपुर उपयोग गरे । यस्तो डर त्रास, तर मोहन कोइरालाको उपचारका लागि तत्काल त्यत्रो निर्णय १ मानवीय संवेदनाप्रति पीएल सिंह वास्तवमै गजबका थिए १

पीएल आफ्ना नजिकका मानिसकहाँ बिनासूचना अनायासै कुनै पनि समय पुग्थे । स्वयं मलाई उनले अनायासै एउटा हाफ पैन्ट, भेस्ट र चप्पल लगाएको अवस्थामा नारायणघाट र बन्दीपुर पु¥याइदिएका छन् । एकपटक एक नजिकका इष्टमित्रको घरमा साँझतिर पुगेर उनले खाना खाए । त्यसपछि निस्कने समयमा थोरै भात, दाल, मासुको टुक्रो मागे । घरपतिले प्याक गरेर दिएको त्यो थोरै खाना बोकेर उनी निस्के । रात छिप्पिन लागेको थियो । चालकलाई उनले गाडी पुल्चोकतिर लैजान अह्राए । त्यहाँ कतै गल्छेडोतिर एउटा सानो कोठामा एउटी वृद्धा थिइन् । आफूले आतिथेयकहाँबाट मागेर ल्याएको थोरै खाना वृद्धालाई बडो प्रेमपूर्वक गफिँदै खान दिए । पीएलले कुनै दिन ती वृद्धालाई मासुभात खुवाउन ल्याउने वाचा गरेका रहेछन् क्या र १ ती वृद्धा थिइन् नेपाल कम्युनिस्ट पार्टीका संस्थापकमध्येकी एक मोतीदेवी १

नयाँ दिल्लीको एक अस्पतालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल उपचाररत थिए । उनको अवस्था एकदमै दयनीय थियो । सायद उनी जीवनको अन्तिम क्षण गन्दै थिए । त्यहाँ सहाना प्रधानबाहेक कोही थिएनन् । कुनै वामपन्थी त छँदै थिएनन् तर पीएल सिंह भने थिए । निधन हुनु तीन दिनअघि पुष्पलालले पीएल सिंहसँग सुटुक्क भनेछन्, ‘मलाई पीरो छोयला एक–दुई टुक्रा खान मन छ ।’ स्वाभाविक थियो, त्यो हदको बिरामीलाई सायद त्यस्तो खान अनुमति थिएन । पीएलले कसरी हो, नयाँ दिल्लीमा छोयलाको बन्दोबस्त गरेछन् र पुष्पलाललाई चखाएछन् । पीएल सिंह खान र खुवाउन पनि निकै शौखिन हुन् । नेपालभरि कुन गल्लीमा कस्तो खाना पाइन्छ ९विशेष गरेर नेवारी परिकार० उनलाई थाहा थियो । नयाँ दिल्लीमा समेत उनले त्यस्ता अनौठा ठाउँहरू पत्ता लगाएका थिए । स्वयं मलाई उनले दिल्लीको एक कुनामा लगेर नेवारी शैलीको बारा खुवाएका छन् । छोयला पनि त्यस्तै कुनै तवरले बन्दोबस्त गरे होलान् १

पीएल सिंह आफैंमा अजबका पात्र थिए । हेर्दा जोकरजस्ता १ व्यवहार पनि उस्तै । तर, मानवीय संवेदनाले ओतप्रोत

राजधानी दैनिकबाट

प्रतिक्रिया