पर्दापछाडिका महानायकको अवसान
काठमाडौं,२ पुस । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात काठमाडौंका पहिलो मेयर एवं पूर्वमन्त्री पीएल सिंहले हिजो १ पुस २०८१ का दिन बिहान सबेरै १ः३० को हाराहारीमा काठमाडौं चाक्सीबारीस्थित निवासबाट अनन्त यात्राका लागि महाप्रस्थान गर्नुभयो । ४ डिसेम्बर १९३६ अर्थात् १९ माघ १९९३ मा काठमाडौंको किसान परिवारमा जन्मनुभएका पीएल सिंहको पूरा नाम प्रेमलाल सिंह हो । तर, उहाँ पीएलकै नामबाट चिनिनुभयो । अधिकांश जनताका लागि उहाँ पीएल दाइ हुनुहुन्थ्यो । स्वर्गीय पीएल सिंहको गणेशमान सिंहसँग कुनै रक्त सम्बन्ध थिएन । तर, उहाँ गणेशमान सिंह परिवारको अभिन्न अंग हुनुहुन्थ्यो । स्वर्गीय गणेशमान �
