लमजुङमा सहकारीको ठगी धन्दा एकपछि अर्को खुल्दै, सामान्य महिलाबाट ११ करोड रकम अपचलन
लमजुङ,२१ मंसिर । लमजुङमा पनि सहकारी संस्थाको ठगी धन्दा एकपछि अर्को खुल्दै आइरहेको छ । एउटा सहकारीको ठगी काण्डमा संलग्न सञ्चालकहरूविरुद्ध जिल्ला अदालतमा बयान चलिरहेका बेलामा अर्को त्यस्तै एक सहकारीको ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको सार्वजनिक भएको छ ।
दुईजना प्रहरी नियन्त्रणमा
जिल्लाकै पहिलो कालिका बचत सहकारी र अन्य हाइफाई गर्ने दुई कर्पुरेश्वर र सम्पदा नामक सहकारी गण्डकी प्रदेशकै नमुना बनाउने भन्दै एकीकरण गरी कालिका बनेको सहकारीका सञ्चालकहरूले गरेको ठगीविरुद्ध यतिबेला जिल्ला अदालतमा बयान चलिरहेको छ । यही मौकामा जिल्लामा राम्रोको श्रेणीमा गणना भइरहेको जनकल्याण साकोसको मस्र्याङदी गाउँपालिका–८ स्थित ङादी सेवा केन्द्रबाट ११ करोड बढी रकम अपचलन भएको खुलासा भएको हो ।
जनकल्याण साकोसको लमजुङको जिल्ला सदरमुकाम बेंसीसहरमा मुख्य कार्यालय छ । जिल्लाका विभिन्न स्थानीय तहमा सेवा प्रवाह गरिरहेको सो सहकारीको ङादी सेवा केन्द्रबाट ११ करोड २२ लाख ८१ हजार ९ सय ४४ रुपैयाँ ९४ पैसा रकम किर्ते कागजात तयार गरी हिनामिना गरिएको सार्वजनिक भएको छ । सो सहकारीको सदस्य नरहेकी मस्र्याङ्दी गाउँ कार्यपालिका सदस्यसमेत रहेकी मधुमाया बगालेलाई किर्ते कागज गरी ठगेको आरोपमा प्रहरीले पक्राउ गरेसँगै त्यस्तो खुलासा भएको हो । प्रहरीले बगालेसहित जनकल्याण साकोसको ङादी सेवा केन्द्रका प्रमुख वीरेन्द्र गुरुङलाई समेत पक्राउ गरेको जनाएको छ ।
बगालेविरुद्ध सेवा केन्द्र प्रमुख गुरुङसँग मिलेर किर्ते कागजबाट कृत्रिम ऋणीहरू खडा गरी सहकारीको ११ करोड २२ लाख ८१ हजार ८ सय ४४ रुपैयाँ ९४ पैसा हिनामिना गरेको अभियोग छ । सो प्रकरणमा उनीहरूले भुलभुलेस्थित हिमालयन बैंकमा रहेको सहकारीको खाताबाट किर्ते हस्ताक्षर गरी त्यतिका रकम निकालेको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । बगालेले त्यस्तो कार्य २०७२ सालदेखि नै सुरु गरेको बुझिन आएको छ ।
घर र माइती एउटै वडामा भएकी, सामान्य लेखापढी भएकी बगालेको कुनै पेसा व्यवसाय छैन । तर, उनको हाइफाई भने महिनामै लाखौं कमाउने खालको थियो । उनको व्यवहार देखेर चिन्नेजान्ने व्यक्ति पनि अचम्ममा परेका थिए ।
२०७२ सालदेखि सुरु भएको यस धन्दामा उनी र कर्मचारीको मात्र संलग्नता छ भन्नेमा विश्वस्त हुने आधार भने देखिँदैन । यस काण्डमा अन्य ४ देखि ६ जना व्यक्तिको समेत संलग्नता रहेको आशंका गरिएको छ । तर, ती व्यक्ति को हुन् रु र के कस्ता हैसियतका हुन् रु भन्ने उनीहरूको बयानका क्रममा खुल्दै जाने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ ।
११ करोड रुपैयाँ बढी रकम अपचलन भएको सो सहकारीमा करिब ३ करोड रकममा मात्र बगालेको प्रत्यक्ष संंलग्नता रहेको देखिन आएको प्रहरी स्रोतको भनाइ छ । अन्य रकममा क–कसको हात रहेको हो रु आगामी दिनमा अनुसन्धानबाट थप पुष्टि हुँदै जाने प्रहरीले जनाएको छ ।
यसरी रकम हिनामिना गरेको जानकारी पाएपछि सहकारी संस्थाका सञ्चालकहरू आफैंले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सहकारी कार्यालयले यस सम्बन्धमा आवश्यक छानबिन गरिदिन सहकारी रजिस्ट्रारको कार्यालय पोखरालाई पत्राचारका साथ अनुरोध गरेको थियो । सहकारी रजिस्ट्रारको कार्यालयले छानबिनका लागि वित्तीय विश्लेषक निर्मल गौतमसहितको टोली खटाएको थियो । वित्तीय विश्लेषकको टोलीले सो सहकारीको ङादी सेवा केन्द्रको वित्तीय छानबिन गरी प्रतिवेदन तयार गरी राजिस्ट्रार कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बुझाएपछि प्रहरीले बगाले र सेवा केन्द्र प्रमुख गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
उनका अनुसार छानबिन प्रतिवेदनमा आरोपी बगाले र सेवा केन्द्र प्रमुख गुरुङले सहकारीको ११ करोड बढी रकम हिनामिना गरेको उल्लेख छ । प्रहरी नायब उपरीक्षक श्रीवास्तवले भने, ‘छानबिन प्रतिवेदनमा उनीहरूले सम्बन्ध कसुर गरेको र नगदसमेत अपचलन गरेकाले उनीहरूउपर सम्पत्ति शुद्धीकरण ऐन, २०६४ ९संशोधनसमेत०को कसुर गरेको पाइएकाले सम्पत्ति शुद्धीकरणतर्फ समेत अनुसन्धान गरी पीडित सहकारीका नाममा रकम भराउनुपर्ने राय दिइएको छ ।’
जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले एक दिनअघि र पछि गरी पक्राउ परेका बगाले र गुरुङमध्ये बगालेलाई ६ दिन र गुरुङलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत लमजुङले प्रहरीलाई अनुमति दिएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए ।
मस्र्याङ्दी गाउँपालिका–९ मा एमालेका तर्फबाट वडा सदस्यमा निर्वाचित बगाले सो गाउँपालिकाको कार्यपालिका सदस्य हुनुका साथै एमालेको सो वडाकी अध्यक्षसमेत हुन् ।
यस’दयगतमा बुझ्नका लागि जनकल्याण साकोसको केन्द्रका सञ्चालक समितिका अध्यक्ष ताराराज घलेसँग सम्पर्क गर्न प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन भने प्रबन्धक झमप्रसाद गुरुङको फोन उठेन ।
लमजुङ जिल्लामा समस्या सिर्जना भएका सहकारीहरूमा एकल पार्टीगत बर्चस्व रहेका सहकारीहरूमा त्यस्तो भएको खुल्न आएको छ । हाल जिल्ला अदालतमा सहकारी ठगीमा सञ्चालकहरूका विरुद्ध बयान चलिरहेको कालिका सहकारीमा एमालेको बाहुल्यता रहेको छ । अर्को कांग्रेसको बाहुल्यता रहेको बेंसीसहरमै मुख्य कार्यालय रहेको सुनौलो भविष्य साकोसमा पनि रकम अपचलन भएको ’दयगतमा गण्डकी प्रदेशको सहकारी राजिस्ट्रार कार्यालयले अनुन्धान गरेर फर्किएको छ । सो अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो सहकारी संस्था हाल बन्दजस्तै अवस्थामा छ । त्यस सहकारीमा पनि करिब १० करोड रकम अपचलन भएको बुझिन आएको छ । राजधानी दैनिक