ओलीले ‘चाइना कार्ड’ फालेका हुन् ?
समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण चासो र चर्चामा छ । उनलाई भारतले भ्रमणको निम्तो नै नदिएपछि चीन जाने टुंगोमा पुगे । ओलीले भारतले नडाकेपछि असन्तुष्टि पनि जनाइरहेका छन् ।
ओलीको चीन भ्रमणलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाइना कार्डको प्रसंग निकालेका छन् । भारतीय पत्रिका द हिन्दूलाई अन्तवार्ता दिदै प्रचण्डले ओलीले चाइना कार्ड प्रयोग गर्न चीन भ्रमण गर्न लागेको अभिव्यक्ति दिए । यसले तरंग नै आएको छ ।
ओली चीनप्रति लचिलो बन्दै आएका छन् एक दशकयता । उनले विगतमा प्रधानमन्त्री हुँदा चीनसँग बीआरआई सम्झौता गरे । अब कार्यान्वयनको विषय उठाइरहेका छन् ।
वास्तवमा भारतले ओलीलाई सकारात्मक रुपमा नलिएको देखिन्छ । यसप्रति उनले आक्रोश पोखिरहेका छन् । अभिव्यक्ति र गतिविधि पनि त्यस्तै दिइरहेका छन् ।
ओलीले चीनबाट रेल ल्याउने विषय उठाए । तर, रेल आएन । चीनसँग पारवहन सम्झौता गरे तर कार्यान्वयन भएन । उनले जे जति सम्झौता गरे त्यो कार्यान्वयनमा नआउने खालेको रह्यो । यसकारण पनि ओलीमाथि चाइना कार्ड फालेको आरोप लाग्ने गरेको छ ।