९ मंसिर २०८१, आइतबार | November 24, 2024

पूर्वमन्त्री अधिकारीमाथि मानव तस्करीको कसुरमा अनुसन्धान


November 11, 2024
581
Shares

काठमाडौं,२६ कात्तिक । जापानको विमानस्थलस्थित अध्यागमन कार्यालयले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसहित चार जना नेपाली नागरिकलार्ई डिपोर्ट गरिदिएको घटनालाई प्रहरीले बल्ल मानव तस्करीको कसुरमा अनुसन्धान थालेको छ ।

सरकारी लिखत किर्तेको कसुरमा मात्र अनुसन्धान गरिरहेको प्रहरीले अधिकारीलाई पक्राउ गरेसँगै मानव तस्करीको कसुरमा अनुसन्धान थालेको हो ।

जापानबाट डिपोर्ट भएपछि मन्त्रीबाट राजीनामा दिएका अधिकारीलाई आइतबार दिउँसो मात्र विराटनगरस्थित निवासबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । उनीसँगै जापान गएका तीन जना र अन्य तीन जना पक्राउ परे पनि एमाले प्रदेश सांसदसमेत रहेका निवर्तमान मन्त्री अधिकारीलाई पक्राउ नगरेको भन्दै सरकार र प्रहरीको चर्को आलोचना हुँदै आएको थियो । उनलाई पक्राउ गरी अनुसन्धान नगरेको भन्दै उनीआबद्ध दल एमाले र सत्तारूढ दल नेपाली कांग्रेसको पनि आलोचना हुँदै आएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० नवराज अधिकारीले पूर्वमन्त्री अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ विपरीतको कसुर र लिखत किर्तेमा अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको बताए ।

यस प्रकरणमा पहिल्यै ६ जना पक्राउ परिसकेकाले अरू अभियुक्तसँगै म्याद मिलान हुनेगरी अदालतबाट आइतबार दुई दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको एसपी अधिकारीले बताए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले हिरासतमा राख्न दुई दिनको म्याद दिएको हो ।

अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ को दफा ४ को उपदफा ९२० अनुसारको अभियोग लगाइएको छ । यसमा ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै गैरकानुनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बदनियतपूर्वक कुनै नेपाली नागरिक, विदेशी वा आप्रवासीलाई नक्कली वा झुठा कागजात बनाई वा झुक्याई विदेश लैजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थानबाहेक अन्य मुलुकमा गैरकानुनी रूपमा प्रवेश गराउने मानव तस्करीसम्बन्धी कार्य गरे वा गराए’ कसुर हुने भनिएको छ ।

यस प्रकरणमा प्रहरीले यसअघि टोकियो विमानस्थलबाट डिपोर्ट ९निष्कासन० भएर काठमाडौं फर्किएका रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा, खोटाङका ३६ वर्षीय दावा शेर्पा र खोटाङकै जनक राईलाई पक्राउ गरेको थियो । यी तीनै जना तत्कालीन मन्त्री अधिकारीसँगै डिपोर्ट भएर काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाए पनि तत्कालीन मन्त्री अधिकारी भने आफू कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएको बताएर छुट्न सफल भएका थिए ।

डिपोर्ट भएर आएका तीन जनाको बयानपछि प्रहरीले नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डेलाई पक्राउ गरेर सरकारी लिखत किर्तेको कसुरमा अनुसन्धान गरिरहेको थियो ।

प्रहरीका अनुसार जापानबाट डिपोर्ट भएका देवकोटा र राईको साथबाट कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र फेला परेको थियो । परिचयपत्रमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीको हस्ताक्षर रहेको छ ।

यस्तै, शेर्पाले खोटाङस्थित ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र बनाएको पाइएको छ ।

यस्तै, जापान पठाउने गिरोहले नै उनीहरूका नाममा फर्जी कागजात बनाएको र उनीहरू उड्नुअघि विमानस्थलमा लगेर दिएको अनुसन्धानका क्रममा खुलिसकेको छ । गिरोहका सदस्यले काठमाडौं विमानस्थलमा देवकोटालाई तीनवटा परिचयपत्र दिएकामा उनले आफ्नो राखेर शेर्पा र राईको नामको परिचयपत्र दिएका थिए ।

यस्तै, डिपोर्ट भएर आएका तीन जनाको थप बयानपछि यस मामलालाई मानव तस्करीको कसुरका रूपमा लैजाने निर्णयसहित निवर्तमान अधिकारीलाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको थियो । त्यसअनुसार उनलाई मोरङस्थित निवासबाट पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा जापानबाट डिपोर्ट भएर आएका तीन जनाले प्रतिव्यक्ति १० लाखदेखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएका थिए ।

अनुुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी ‘आर्ट काउन्सिल टोकियो’ले आयोजना गरेको ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुने भन्दै १३ कात्तिकमा जापानका लागि उडेका थिए । तर, त्यहाँको अध्यागमन कार्यालयलाई शंका लागेपछि उनीहरू डिपोर्ट भएका थिए ।

हालसम्मको अनुसन्धानबाट पाण्डेले फर्जी कागजात बनाएको खुलेको छ । घटना बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका अधिकारीलाई उनको पार्टी एमालेले पनि निलम्बन गरिसकेको छ । शनिबार एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुंगो नलाग्दासम्म पार्टीको संगठित सदस्यबाट निलम्बन गरेका हुन् ।

‘‘मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै माननीय श्री लीलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरूपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा रहन नपाउनेगरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा ९एमाले०को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’ खतिवडाले विज्ञप्तिमार्फत् भनेका छन् । आरोपको अन्तिम निरूपण नहुँदासम्म उनलाई पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा एमालेको संगठित सदस्यबाट समेत निलम्बन गरिएको छ ।

एमाले कोशी प्रदेशले उनीमाथि गरेको निलम्बन पार्टी सचिवालय बैठकले पनि अनुमोदन गरिसकेको छ । मानव तस्करीजस्तो गम्भीर अपराधमा जोडिएका अधिकारी कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेको यसअघि नै खुलासा भइसकेको छ । जापानको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका तीन जनालाई डिपोर्ट गरेपछि मात्रै यस प्रकरणको भेद खुलेको थियो ।

यसअघि अधिकारीले आफ्नो’दयगत टिप्पणी भएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए । ‘कसैले राजीनामा मागेर दिएको होइन, मेरो’दयगत टिप्पणी भएकाले नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ मन्त्री अधिकारीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘नैतिकताको खडेरी लागेका बेलामा मैले राजीनामा दिएको हुँ ।’

मुख्यमन्त्री कार्कीलाई राजीनामापत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै अधिकारीले भनेका थिए, ‘तीन जना परिचय गर्न आएपछि म झस्किएँ, हङकङबाट फर्कन खोजें तर ट्रान्जिट भएकाले मिलेन, टोकियो पुग्नैपर्ने भयो, कार्यक्रममा सहभागी हुन गइनँ, कार्यक्रममा गएको भए ती व्यक्ति उतै लुक्ने थिए त्यसैले नेपाल फर्किएर प्रहरीको जिम्मा लगाएँ ।’

हङकङ पुगेपछि दलालको समूहले आफूसँगै तीन जनालाई जापान पठाएको थाहा भएको अधिकारीले बताएका थिए । नक्कली कागजात बनाएर तीन जनालाई पठाएपछि जापान पुगे पनि कार्यक्रममा नपुगी विमानस्थलबाटै तीनै जनालाई लिएर नेपाल फर्किएको अधिकारीको दाबी थियो ।

तीन जना नक्कली सहभागीलाई आफूले नचिनेको र मन्त्रालयको परिचयपत्रका ’दयगतमा समेत थाहा नभएको अधिकारीको भनाइ थियो । यस’दयगत अहिले नेपाल प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ थियो । अधिकारीले भनेका थिए, ‘घटनाको अनुसन्धानका लागि प्रहरी महानिरीक्षकलाई पनि जानकारी गराएको छु, अरू प्रहरी अधिकारीलाई पनि भनेको छु ।’

नक्कली कागजात बनाएर तीन जनालाई हङकङमा आफूसँगै पठाएको थाहा पाएपछि त्यहीँबाट नेपाल प्रहरीको विशेष ब्युरोेसँग समन्वय गरेर ती व्यक्तिलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको उनको भनाइ थियो । तर, प्रहरी अनुसन्धानमा अधिकारीसँगै जापान पुगेका एक युवकले एउटै होटलमा कोठा बुकिङ गरेको फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानका क्रममा तत्कालीन मन्त्री अधिकारी र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय देवकोटाले जापानको टोकियोमा एउटै होटलमा अग्रीम कोठा बुकिङ गरेको कागजात फेला परेको हो । प्रहरीले त्यसरी जापान गएका युवक र उनको एउटै होटलमा बुकिङ भेटेपछि थप अनुसन्धान गर्नुपर्ने देखिएको जिकिर गरेको थियो ।

अधिकारी प्रदेशसभाको अघिल्लो कार्यकालमा पनि विवादमा परेका थिए । कानुन व्यवसायीसमेत रहेका उनी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका चूडामणि उप्रेती ९गोरे०को पक्षबाट बहस गर्न गएपछि तत्कालीन प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उनलाई प्रदेशसभामा तीन महिना बोल्न दिएका थिएनन् ।

मन्त्री पदबाट राजीनामा दिएका अधिकारी अहिले पनि सांसद छन् । अधिकारी मोरङ २९ख०बाट लगातार दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी यसअघि भीम आचार्य मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका थिए ।

मोरङको सुनवर्षी नगरपालिका चप्रामारी स्थायी ठेगाना भएका ६० वर्षीय अधिकारीले जनता ल क्याम्पस विराटनगरबाट बीएल उत्तीर्ण गरेका छन् । उनी कानुन व्यवसायी पनि हुन् । अधिकारी विराटनगरमा मोडर्न ल चेम्बर नामको फर्मका सञ्चालक पनि हुन् । राजनीतिक नेताबाहेक उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया