एकै वर्षमा २० अर्ब बढीको राजस्व छली
काठमाडौं,२५ कात्तिक । वर्षेनी अर्बौं रुपियाँ राजस्व चुहावट हुने गरेको पाइएपछि चुहावट रोक्न सरकारका मुख्य सचिव एकनारायण अर्याललगायतका सरोकारवाला निकायका उच्च पदस्थहरूले व्यापक छलफल गरी राजस्व छली रोक्न महत्वपूर्ण निर्णय गरेका छन्।
सरकारकै विभिन्न नियमनकारी निकायले गरेको छानबिन र कारबाहीले वार्षिक २० अर्बभन्दा बढी राजस्व चुहावट हुने गरेको देखाएको छ । यो त सामान्य अनुसन्धानले देखाएको तथ्यांक हो तर राजस्व चुहावटविरुद्धमा व्यापक र बृहत् अनुसन्धान हुने हो भने वार्षिक खर्ब बढी राजस्व चुहावट हुने गरेको अर्थ मन्त्रालयकै अधिकारीहरू स्वीकार्छन्।
राजस्व चुहावट रोकिन नसक्दा सरकारले अपेक्षा गरेअनुसारको राजस्व उठ्न सकिरहेको छैन । त्यसैले चुहावट रोकी राजस्व वृद्धि गर्ने उद्देश्यले सरकारका मुख्य सचिव अर्यालले सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निका
