१९ बैशाख २०८३, शनिबार | May 2, 2026

डोनाल्ड ट्रम्पको पुनरागमनको सम्भावित प्रभाव


November 9, 2024
2.1k
Shares

काठमाडौं,२४ कात्तिक । गत ५ नोभेम्बरका दिन अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा ४५औं राष्ट्रपति डोनाल्ड जे ट्रम्प पुनः ४७औं राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन् । अमेरिकामा दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन पाइँदैन । सामान्यतया लोकप्रिय व्यक्तिहरू लगातार दोस्रो कार्यकालका लागि चुनिन्छन् । उदाहरणका लागि विगतमा बिल क्लिन्टन, जर्ज बुस र बाराक ओबामाले दुई कार्यकाल लगातार जितेर ८÷८ वर्ष राष्ट्रपतिको पदभार सम्हाले । ट्रम्प पनि दुई कार्यकालका लागि राष्ट्रपति हुँदै छन् तर लगातार होइन । उनी २०१७ जनवरीदेखि २०२१ जनवरीसम्म राष्ट्रपति भए । उनी सन् २०२० को निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए । ४६औं राष्ट्रपतिका रूपमा बाइडेन आगामी २० जनवरीसम्म पदमा रहन्छन् । आगामी २० जनवरीमा शपथ ग्रहण गरेर ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्प पुनस्र्थापित हुनेछन् । यसैकारण ट्रम्पको यस विजयलाई अद्वितीय पुनरागमनसमेत भनिएको छ । पहिलो कार्यकालमा निर्वाचित भएर दोस्रोमा पराजित हुँदै पुनः तेस्रो निर्वाचनमा फर्किनु बिरलै भएको छ । यसअघि सन् १८८४ मा निर्वाचित ग्रोभर क्लेभल्यान्ड सन् १८८८ मा पराजित भए र सन् १८९२ मा पुनः फर्किए । अमेरिकी इतिहासमा बीचमा बाहिरिएर पुनः फर्किनेमा क्लेभल्यान्डपछि ट्रम्प नै हुन् । यसकारण ट्रम्पको पुनरागमन असामान्य घटना हो ।

अस्वाभाविक पुनरागमन आफैंमा असामान्य त हुँदै हो । साथसाथै अन्य कारणले पनि ट्रम्पको विजयलाई अस्वाभाविक मानिँदै छ । सामान्यतया अमेरिकामा निर्वाचनपूर्वका सर्वेक्षणहरूलाई विश्वसनीय मानिन्छ । अपवादबाहेकका सम्पूर्ण सर्वेक्षणले ट्रम्पको विजयको अनुमान गरेका थिएनन् । हदैसम्म भन्नुपर्दा प्रतिस्पर्धा अत्यन्तै कडा हुनेसम्म भनिएको थियो । परम्परागत रूपमा ब्लु वाल ९डेमोक्र्याटतर्फ झुकाव राख्ने० भनिने पेन्सिलभ्यानिया, मिचिगन र विस्कन्सिन राज्यमा नतिजा भर पर्नेसम्म भनिएको थियो । तर, ट्रम्पले यी कथित ब्लु वालमध्ये एउटा मात्र जितेको भए पनि पुग्ने अवस्था देखाप(यो ।

ट्रम्पले यी तीनै राज्य त ज�

प्रतिक्रिया