८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

रास्वपाको पोखरा केन्द्रीत आन्दोलन आज अन्तिम दिन, अब के गर्ला ?


October 24, 2024
415
Shares

काठमाडौँ,८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिबेला प्रहरीको नियन्त्रणमा छन् । उनी पक्राउ परेपछि पोखरा केन्द्रीत रास्वपाको आन्दोलन भोलि देखि राजधानीमा हुने भएको छ ।

रास्वपाले ६ दिन यता लगातार पोखरामा आन्दोलन गर्दै आइरहेको छ । अब भने काठमाडौँमा आन्दोलन गर्न लागेको हो ।

प्रदेश सभापति राजन गौतमले बिहीबारको पत्रकार सम्मेलनमा भोलिदेखि काठमाडौं केन्द्रीत आन्दोलन हुने जानकारी दिए । उनका अनुसार पोखराको आन्दोलन आज अन्तिम हो ।

रास्वपाले पोखरामा प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको समाचार आएका थिए । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।

 

प्रतिक्रिया