२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मन्त्री पाण्डेको पहलपछि आन्तरिक उडानमा भाडा घटाउन सहमत


September 30, 2024
249
Shares

काठमाडौं, असोज १४ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरुले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् ।

मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आइतबार बसेको बैठक पछि हवाई कम्पनीहरुको संस्था वायुसेव सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम् भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन ।

देशमा हालै भएको बाढी पहिरोको विपतका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम् दरमा टिकट नबेच्ने निर्णय गरेको जनाएको छ ।

बिपदका बेला राजमार्गहरु बन्द भएको र यात्रुहरु अफ्टयारो परेका समयमा सरकारले तोकेको अधिकतम दरमा टिकट विक्री गर्दा सर्वधारणलाई समस्या भएको व्यापक गुनासो पछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो ।

प्रतिक्रिया