१३ आश्विन २०८१, आइतबार | September 29, 2024

गोरखाबाट काठमाडौं हिडेको बस सम्पर्कविहीन


September 29, 2024
1.2k
Shares

काठमाडौं,१३ असोज । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ। गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको हो।

गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोही कसैसँग सम्पर्क भएको छैन । उक्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन।

खत्रीका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक जना यात्रु र तीन जना स्टाफ गरी कुल चार जना सवार थिए।

प्रतिक्रिया