१३ आश्विन २०८१, आइतबार | September 29, 2024

बाढी पहिरो र डुबानबाट सय जनाको मृत्यु,६७ अझै बेपत्ता


September 29, 2024
581
Shares

काठमाडौं,१३ असोज । बाढी पहिरो र डुबानमा परी हालसम्म १ सय जना जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी १ सय एकजना घाइते भएका छन्।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा छ जना, सोलुखुम्बुमा पाँच, पाँचथरमा पाँच, भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन्।

गृह मन्त्रालयको अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र नुवाकोटमा १ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया