८ मंसिर २०८१, शनिबार | November 23, 2024

रवीन्द्र मिश्रले भ्रम फैलाएको प्रचण्डको सचिवालयको आरोप


September 25, 2024
581
Shares

काठमाडौं, ९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले भ्रम फैलाएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले आपत्ती जनाएको छ । मंगलबार प्रचण्ड र मिश्रको भेटबारे सामाजिक सञ्जालमा उल्लेख विषय भ्रामक रहेको सचिवालयका रमेश मल्लले उल्लेख गरेका छन् ।

मल्लले मिश्रको टिप्पणीलाई भ्रम फैलाउने र अराजनैतिक भनेका छन् । मंगलबारको भेटमा मिश्रले प्रचण्डले राजासँग मिल्न खोजेको उल्लेख गरेका थिए । उनले प्रचण्ड राजाप्रति लचिलो रहेको सन्देश दिनेगरी सामाजिक सञ्जालमा लेखेका थिए ।

मिश्र पछिल्लो समय कट्टर राजावादी देखिएका छन् । उनका वक्तव्य र टिप्पणीहरुमा राजावादी धारणाहरु आउने गरेको छ ।

प्रतिक्रिया