“हराएका वर्षहरू” ले ल्याएका “मिलनका हर्षहरू”
लाल बहादुर चौधरी: एक पर्वतारोहीले आफ्नो पर्वतारोहणको क्रममा कैयन् चुनौती, बाधा, अड्चन, आदिको सामना गर्छ, गर्नुपर्छ । उसले कहिल्यै नसोचेको, नचिताएको संघर्ष गर्नुपर्छ । चुलीमा पुग्नु अघि उसले चिप्ला हिम-चट्टान, अप्ठ्यारो बाटो, प्रतिकुल मौसम, आइसफल, ग्लेसियर, हिमस्खलन, हावाहुरी र हिमआँधीको सामना गर्नुपर्छ । पर्वतारोहणको क्रममा पर्वतारोहीले जस्तोसुकै समस्या झेले पनि उसको मन-मस्तिष्कमा एक मात्र लक्ष्य हुँदो हो – चुलीमा आफ्नो पाइला टेक्ने । उसको निरन्तर र अथक प्रयासको परिणामस्वरूप चुलीमा पुगिसकेपछि – उसलाई कस्तो अनुभूति हुँदो हो ? उसका हर्षका सीमा कहाँ पुग्दा हुन् ? हामी आम मानिसले कल्पना मात्र गर्न सक्छौं । सायद हेर्ने कथाको “हराएका वर्षहरू” को प्रकाश (काले) लाई पनि आफ्ना आमाबुवा, दाजुभाई, दिदीबहिनी लगायतका आफन्तसँग लगभग ३५ वर्षको लामो अन्तरालपछि भेट हुँदा त्यस्तै अनुभूति भएको होला ।
“हराएका वर्षहरू” हेर्ने कथा, आम मानिसहरूको कथाहरूलाई छोटो डकुमेन्ट्रीको रूपमा प्रस्तुत गर्ने वेब सिरिज, को पछिल्लो एपिसोड हो । यो कथा काले नाम गरेको, अन्दाजी १० वर्षको, झापा जिल्ला ठेगाना रहेको, काठमाडौं, जोरपाटी आसपासबाट हराएको भनी “बालक हराएको सूचना” बाट सुरु हुन्छ । अन्दाजी ३५ वर्षपछि त्यही फुच्चे केटो चुम भ्यालीको एउटा चौरी गोठमा भेटिन्छ । त्यति बेलासम्म उसले आफ्नो वास्तविक नाम, ठेगाना, आमाबुवा, उमेर, र आफू हराएको वर्ष विर्सिसकेको हुन्छ । ऊसँग सम्झिनको लागि समेत कुनै सम्झना बाँकी हु
