३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मन्त्री पाण्डेद्वारा फिल्डमा नतिजा देखिने गरी काम गर्न निर्देशन


August 28, 2024
249
Shares

काठमाडौं,१२ भदौ । काठमाडौं–संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताउनु भएको छ ।

बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ रु प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु ।

मन्त्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरि काम गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । उहाँले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वभाविक दवाव,प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गर्नु भयो।

उहाँले मन्त्री,सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै ईमान्दारिताका साथ काम गर्न समेत निर्देशन दिनु भयो । मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालय मातहतका सम्बद्व विभाग वा निकायहरूसँग छलफल गर्दै आउनु भएको छ ।

प्रतिक्रिया