८ आश्विन २०८१, मंगलबार | September 24, 2024

सुरक्षा सल्लाहकार शंकरदास वैरागीले दिए राजीनामा


664
Shares

काठमाडौं,१७ साउन । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले पदबाट राजीनामा दिएका छन् ।

वैरागीले ९ साउनमै राजीनामा दिएको बुझिएको छ । वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएका थिए । वैरागीले मुख्यसचिवको कार्यकाल केही महिना बाँकी हुँदै राजीनामा दिएका थिए । त्यत्तिबेला उनको राजीनामाले बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोलिएको थियो ।

मुख्य सचिवमा अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागीको नियुक्त एकै दिन भएको थियो । पछिल्लो पटक भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।

 

 

प्रतिक्रिया