२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ओली, प्रचण्ड र देउवामा केन्द्रित सत्ताको खेल


913
Shares

काठमाडौं, २९ असार । देशमा झण्डै एक दशकयता तीन पात्रको वरिपरि सत्ता राजनीति केन्द्रित छ । ती पात्रहरु हुन् केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा । यी मध्ये पनि देउवा ३० वर्षयता सत्ता राजनीतिका मुख्य खेलाडीमध्येका हुन् । प्रचण्ड १८ वर्षयता यो खेलमा आएका हुन् ।

ओली दश वर्षयता मुख्य खेलाडी बनेका हुन् सत्ताको । उनी ३० वर्षयता निरन्तर सत्ताको खेलमा भने छँदैछन् ।

नयाँ पुस्ताले ओली, प्रचण्ड र देउवालाई कुनै ठूलो धक्का दिन सकेनन् । बरु ती दलका युवापुस्ता यीनैलाई बलियो बनाउन सक्रिय भएर अवसर खोजिरहेछन् ।

ओलीले कहिले प्रचण्डसँग त कहिले देउवासँग मिलेर सत्ताको खेल खेलिरहेका छन् । देउवा र प्रचण्डले पनि ओलीसँग कहिले मिल्ने त कहिले धोका दिने गर्दै आएका छन् । यी तीन पात्रबीच धोकाधडी चलिरहेको छ ।

पछिल्लो दश वर्षमा सत्ताको खेलबाट माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई जस्ता पात्र किनारा लागिसकेका छन् । सुशील कोइरालाको निधनपछि देउवा काँग्रेसभित्र एकछत्र पकड बनाउन सफल छन् ।

सत्ताको खेल यसरी नै चलिरहन्छ । नयाँ खेलाडी सत्ताको खेलमा पुग्न मात्र खोज्दा पनि धक्का खान पुग्छन् ।

प्रतिक्रिया