४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रहरी सरुवा बढुवामा गृहमन्त्री लामिछानेको चासो


498
Shares

काठमाडौं, २४ चैत्र । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी बढुवा र सरुवामा चासो देखाइरहेका छन् । उनले सरुवा बढुवामा चासो देखाइरहँदा प्रहरीमा धमाधम सरुवा बढुवा चलिरहेको छ ।

डिएसपी र एसपीको बढुवा भइसकेको छ । अब आकर्षक ठाउँहरुमा उनीहरुको सरुवा पनि चलिरहेको छ ।

गएराति सात जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ । सरुवामा बारामा महेन्द्र खड्का पठाइएका छन् । दिलिप घिमिरे रौतहट, नकुल पोखरेल महोत्तरी, भुवनेश्वर तिवारी धनुषा, तुलबहादुर कार्की बाँके, रविन्द्र बहादुर सिंह सर्लाही, दयानिधि ज्ञवाली सर्लाहीमा खटाइएका छन् ।

सरुवामा लामिछानेको चाहना पनि मिसिएको छ । प्रधानमन्त्री प्रचण्डले पनि प्रभाव देखाएका छन् ।

प्रतिक्रिया