२८ पुस २०८२, सोमबार | January 12, 2026

वाइडबडी खरिदमा अख्तियारद्वारा पूर्वमन्त्री र पूर्वसचिवसहित ३२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर


664
Shares

काठमाडौं, २२ चैत्र । वाइडबडी खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । बिहिबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवन बहादुर शाही, नेपाल वायु सेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, तत्कालीन सचिवहरु शंकर अधिकारी, शिशिर ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडी लगायत ६ जना विदेशी नागरिकविरुद्ध मुद्दा दायर गरेको हो ।

वाइडबडी खरिदमा अख्तियारले १ अर्ब ४७ करोड १० लाख भ्रष्टाचारको अभियोग लगाएको छ । अख्तियारले विमान खरिदको विदेश कम्पनीलाई बयानका लागि गत वर्षको मंसिर २१ गते सूचना निकालेर अनुसन्धान बढाएको हो ।

अमेरिकाको एएआर इन्टरनेशनल लाई विमान खरिद प्रक्रियामा छनोट गरेको थियो । जर्मनको एभिएसन क्यापिटल र पोर्चुगलको हाइपर्लाइ एरोजलाई विमान खरिद सम्झौतामा सामेल गराएको थियो । तीनवटा कम्पनी कन्सोर्टियम बनेपछि खरिदविक्री सम्झौता अगाडि बढेको थियो । तीनवटा कम्पनीले आयरल्यान्डको हाइपर्लाई एक्स नामक कम्पनी स्थापना गरे ।

प्रतिक्रिया