८ आश्विन २०८३, बिहिबार | September 25, 2026

कांग्रेसले पार्टीका नेता–कार्यकर्ताबाट उठाएर एकमुष्ट सहयोग रकम बुझाउने


August 29, 2026
166
Shares

काठमाडौं । नेपाली कांग्रेसले रसुवा बाढी प्रभावितलाई सहयोगको लागि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ।

केन्द्रीय कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टी मातहतको कमिटीलाई पत्र लेख्दै सहयोग गर्न आग्रह गरेका हुन्।
कांग्रेसले पार्टीका नेता कार्यकर्ताबाट सहयोग सङ्कलन गरेर एकमुष्ट प्रधानमन्त्री राहत कोषमा हाल्ने तयारी गरेको छ।

कांग्रेस विपद् व्यवस्थापन कोषमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिकाका पदाधिकारी एवम् सदस्यहरूलाई सहयोग गर्न भनेको छ। पार्टीका नेता कार्यकर्तालाई कांग्रेस विपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न भनेको छ।
यो कोषमा पार्टी सङ्गठनमा आबद्ध भएकाबाहेकले कसैले पनि रकम हाल्न नपाइने पत्रमा उल्लेख छ।

सभापति थापाले विगतका विपद्मा पार्टीको तर्फबाट ५० लाख सहयोग गर्दै आएको भएपनि यसपटक त्यो भन्दापनि बढी गर्न सकिनेबारे छलफल भइरहेको बताएका थिए। नेता(कार्यकर्ताबाट उठाएर र पार्टीको तर्फबाट एकमुष्ट सरकारी राहत कोषमा हाल्ने कांग्रेसको तयारी छ।

प्रतिक्रिया