१६ श्रावण २०८३, शनिबार | August 1, 2026

‘लाइक होइन लाइफ’ रोज्न सक्ने नेता बन्नुहोस् : गगन थापा


166
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वमा करुणा, माया र सहानुभूति सबैभन्दा महत्वपूर्ण गुण भएको बताएका छन्। उनले सामाजिक सञ्जालको लोकप्रियताभन्दा नागरिकको जीवनको मूल्य धेरै माथि रहेको भन्दै युवालाई मानवीय नेतृत्व विकास गर्न आग्रह गरे।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले भने, ‘यदि करुणा, माया र सहानुभूति हरायो भने हामी केवल मेसिनजस्ता बन्छौँ, जहाँ भ्युज र लाइक मात्र महत्त्वपूर्ण हुन्छ। लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुहोस्। लाइफ सबैभन्दा महत्त्वपूर्ण हो, लाइक पछि आउँछ।’

उनले सामाजिक सञ्जालमा पाइने ‘लाइक’ र वास्तविक जीवनको ‘लाइफ’ बीच ठूलो अन्तर रहेको उल्लेख गर्दै भर्चुअल लोकप्रियताको पछि लाग्नुभन्दा नागरिकको जीवन रक्षा, सेवा र जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

थापाले प्रशिक्षणमा सहभागी युवाहरूलाई सिकेका ज्ञान र सीप समाजको तल्लो तहसम्म पुर्‍याउन आग्रह गर्दै विपद् तथा संकटका बेला जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्न पनि निर्देशन दिए।

प्रतिक्रिया