१६ बैशाख २०८३, बुधबार | April 29, 2026

सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ला ?


166
Shares

काठमाडौं,१६ वैशाख । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने पहल थालेको छ ।

हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ । तर, वर्तमान सरकारले विगतको परम्परा तोड्दै खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको पहल थालेको हो ।

परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार त्यसका लागि निश्चित संख्यामा विज्ञापन खुलाइने छ र प्रतिस्पर्धाबाट छानिएकालाई योग्य व्यक्तिलाई राजदूत नियुक्त गरिने छ ।

सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित सहसचिवहरुको एक बैठकमा पनि मन्त्री खनालले केही राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेबारे सोचेको बताएका थिए । तर मन्त्री खनालले कहिले विज्ञापन खुल्छ भनेर ठ्याक्कै मिति भने जानकारी गराएनन् ।

प्रतिक्रिया