११ चैत्र २०८२, बुधबार | March 25, 2026

काठमाडौंमा सुन–चाँदीको भाउमा एकैदिन ठूलो उछाल, बजार फेरि ततियो


332
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा अप्रत्याशित रूपमा ठूलो वृद्धि देखिएको छ । पछिल्ला केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउ एकैदिन उच्च दरले बढेपछि बजार फेरि तातेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँले वृद्धि भई २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार यही सुन २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, १० ग्राम सुनको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। मंगलबार २ लाख ३४ हजार ८२५ रुपैयाँ रहेको मूल्य बुधबार बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि उकालो लागेको छ। मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ। प्रति १० ग्राम चाँदीको मूल्य भने ४ हजार २१८ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

लगातार गिरावटपछि आएको यो तीव्र वृद्धि अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय माग बढ्नुको प्रभाव हुन सक्ने विश्लेषण गरिएको छ। बजारमा पुनः सक्रियता बढेसँगै आगामी दिनमा मूल्य थप उतारचढाव हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया