गृहमन्त्रीमा ओमप्रकाश अर्यालको चर्चा
काठमाडौं । पछिल्लो राजनीतिक समीकरणबीच गृहमन्त्री पदका लागि नयाँ नाम चर्चामा आएको छ।
स्रोतका अनुसार रवि लामिछानेमाथि चलिरहेको मुद्दाका कारण उनी गृहमन्त्री बन्ने सम्भावना कमजोर बनेको छ।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र डीपी अर्यालबीच असन्तुष्टि देखिएको पृष्ठभूमिमा गृहमन्त्रीका रूपमा ओमप्रकाश अर्याललाई अघि सार्ने तयारी भएको बताइएको छ।
स्रोतका अनुसार बालेन शाह ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाउने पक्षमा देखिएका छन्, यद्यपि यसबारे औपचारिक निर्णय भने भइसकेको छैन।
चुनाब जितेलगत्तै डिपी अर्यालले दिएको एउटा अभिव्यक्तिले उनी गृहमन्त्री बन्नेमा आशंका गरिएको छ।
त्यतिबेला पत्रकारले पार्टीका बरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने पूर्वसहमतिका बारेमा सोध्दा डीपीले आफूलाई यो सहमतिबारे जानकारी नभएको बताएका थिए।


