गगन थापाको राजीनामा माग्नु समाधान होइन,केवल क्षणिक आवेगः बलदेव तिमल्सिना
नेपाली काँग्रेस भित्र यो कठिन घडीमा सभापति गगन कुमार थापाको राजीनामा माग्नु समाधान होइन,केवल क्षणिक आवेगको प्रतिक्रिया मात्र हो । आजको संकटको भार एउटै व्यक्तिमाथि थोपर्नु न्यायसंगत हुँदैन।
सभापति गगन कुमार थापाले निरन्तर रूपमा पार्टीभित्र सुधार, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको आवश्यकता उठाउँदै आउनुभएको छ । यस्तो अवस्थामा उहाँको राजीनामा होइन, बरु उहाँको नेतृत्वमा पार्टीलाई अझ सशक्त बनाउँदै अघि बढ्नु आवश्यक छ।
यो परिणाम कुनै एक व्यक्तिको कारण होइन, दशकौं देखि मौलाउँदै आएको अवसरवाद, फोहोरी राजनीतिक संस्कार र विगतका गलत निर्णयहरूको उपज हो।
यसर्थ वास्तविक समस्यालाई छोडेर दोषारोपण मात्र गर्नु समाधान होइन।
अब निराश भएर होइन, समग्र रुपमा आत्मसमीक्षा गर्दै नयाँ संकल्पका साथ एकढिक्का भएर गगन कुमार थापाको नेतृत्वमा नेपाली कांग्रेसलाई जनताको भरोसाको बलियो शक्ति बनाउॅंने अठोट गरौं जय नेपाल ।
बलदेभ तिमल्सिना ।


