१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

बालेन, गगन प्रधानमन्त्री भए संसद भवनको वाल फोड्दा प्रदर्शनकारीमाथि गोलि चलाउँछ कि चलाउँदैन ?


February 28, 2026
166
Shares

मुकुल ढकाल लेख्छन्–एउटा प्रश्नमा म अनुत्तरित छु । भोलि बालेन प्रधानमन्त्री भए , गगन प्रधानमन्त्री भए वा अरू कोहि प्रधानमन्त्री भए र त्यतिबेला प्रदर्शनकारीले संसद भवनको वाल फोड्न थाले , जलाउन थाले भने , बालेन सरकार, गगन सरकार वा अरू कोहिको सरकारको प्रहरीले प्रदर्शनकारीमाथि गोलि चलाउँछ कि चलाउँदैन रु प्रहरीले हतियार कुन अवस्थामा प्रयोग गर्छ ?

सुन्दा विरक्त लाग्ला , तर सत्य के पनि रहेछ भने , नेपाल प्रहरीको हतियारको टार्गेट रेन्ज नै कमजोर रहेछ । एकदम क्लोज रेन्जमा मात्र टार्गेटमा हान्ने रहेछ, अलि पर भएपछी घुँडामा हान्दा , टाउकोमा लाग्ने प्रकारको रेन्ज नै नभएको ज्यादै कमसल हतियार रहेछ प्रहरीसँग । अबका दिनमा हामीले कस्तो नेपाल प्रहरी बनाउने हो ? हतियार नबोक्ने प्रहरी कि , जहाँ ताक्यो, त्यहि लाग्ने, रेन्ज राम्रो भएको हतियार दिने ?

यति भन्दै गर्दा ७७ जना जसको ज्यान गयो, मेरो सहानुभुति छ, म पनि रोएको छु । नहुनु पर्ने कुरा भयो । तर संसद भवन र सिंहदरवार जलाएको नजिर हामीले बनाइसक्यौँ र अबका दिनमा पनि विभिन्न शक्तिले त्यस्तो प्रयास नगर्ला भन्न सकिन्न । दोष जति सबै नेपाल प्रहरीलाई थुपारेर, हामीले कस्तो देश बनाउन खोज्दै छौँ ? राम्रो देश बनाउन खोजेको हो भने, संसद भवन जलाउन भोलिका दिनमा फेरी कोहि प्रदर्शनकारी आए भने, प्रहरीलाई गोलि चलाउने अधिकार हुन्छ कि हुँदैन ? कि संसद भवन जलेको हेरेर बस्ने हो प्रहरीले रु यो विषयमा राष्ट्रिय सहमति हुनु अति आवश्यक छ । नत्र जसलाई जे मन लाग्यो, त्यहि गरे भइहाल्यो ।

प्रतिक्रिया