७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

कांग्रेसका उम्मेदवार जिताउन सिडेनले १६५ क्षेत्रमा खटायो प्रतिनिधि


February 19, 2026
5.2k
Shares

काठमाडौं,६ फागुन । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले पार्टीका उम्मेदवारलाई जिताउन १ सय ६५ क्षेत्रमै प्रतिनिधि खटाएको छ ।

सिडेनले पूर्वाधार विकास तथा इन्जिनियरिङ क्षेत्रका विषयमा जानकारी,तथ्यगत आधार, नीतिगत परामर्श तथा निर्वाचनलक्षित सहयोग समेत उपलब्ध गराउने उद्देश्यले ‘नेपाली कांग्रेस–सिडेन समन्वय प्रतिनिधि’हरु परिचालन गरेको हो ।

तनहुँ क्षेत्र नं १ कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सिडेनले इ.रबिन्द्र अधिकारी र इ.सुवर्ण श्रेष्ठलाई खटाएको छ । अधिकारी सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशनका सचिव हुन् । उनी तनहुँको राजनीतिमा विद्यार्थी जीवनदेखि सक्रिय छन् ।

त्यसैगरी, शंकर भण्डारी उम्मेदवार रहेका क्षेत्र नं २ मा सिडेनले इ.विश्वास पोखरेल र इ.हेमप्रसाद गुरुङलाई खटाएको छ ।

यस्तै, सिडेनले सभापति गगन थापालाई जिताउन सर्लाही–४ इ.भरतबहादुर थापा र इ.हरि नारायण यादव, काठमाडौं–५ मा महामन्त्री प्रदीप पौडेललाई जिताउन इ.सन्देश पन्त र इ.दिक्पाल केसीलाई खटाएको छ भने डा.शेखर कोइरालालाई सहयोग गर्न इ.दिपेन रौनियार र इ.बिवेक गुप्तालाई जिम्मेवारी दिएको हो ।

यसैगरी, भोजपुरका उम्मेदवार बालकृष्ण थापालाई जिताउन इ.उत्तम कार्की, मोरङ २ का उम्मेदवार डा.मिनेन्द्र रिजाललाई जिताउन इन्जिनियरहरु भरतकुमार न्यौपाने, रविन राज थापा र संजिव पण्डितलाई सिडेनले जिम्मेवारी दिएको छ ।

सिडेनले कांग्रेसका उम्मेदवाहरुलाई विजयी गराउन कार्यकारिणी समितिसँग समन्वय गरी सबैखाले सहयोग प्रदान गर्ने, संसदमा निर्वाचित भएपछि प्रतिज्ञापत्र उल्लिखित पूर्वाधार तथा इन्जिनियरिङ क्षेत्रका प्रतिबद्धता कार्यान्वयनका लागि जिम्मेवार पहल गराउने लगायतका प्रतिनिधिहरुलाई नै जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया