२५ माघ २०८२, आइतबार | February 8, 2026

साढे ९ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


February 8, 2026
83
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार पहेलो धातु सुनको मुल्यमा बृद्धि भएको छ ।

सुन आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम छ । गएको बिहीबार तोलामा ९ हजार ५ सय र शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको थियो ।

शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार भने २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

त्यसैगरी, आज (आइतबार) चाँदीको मुल्य पनि बढेको छ । चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी ४ हजार ७ सय १० रुपैयाँ थियो । बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया