विनिताले रवि र बालेन मेरो साथी हुन्’ भन्दै भोट मागेको आरोप लगाएपछि ज्ञानेन्द्रले दिए कडा जवाफ
काठमाडौं । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो उम्मेदवारी कुनै पार्टी र व्यक्तिविरुद्ध नभएको स्पष्ट पारेका छन्।
रास्वपाकी उम्मेदवार विनिता कठायतले रवि लामिछाने र बालेन शाह मेरो साथी हुन्’ शाहीले भोट मागेको आरोप लगाएपछि उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
एक भिडिओ सन्देश जारी गर्दै शाहीले भनेका छन्, ‘मेरो उम्मेदवारी कुनै दलका विरुद्ध, कुनै पार्टीका विरुद्ध र कुनै व्यक्तिका विरुद्धमा होइन। मेरो उम्मेदवारी त केन्द्र सत्ताले सधैँ जुम्लाका प्रतिनिधिलाई सम्झिने र गर्ने दास व्यवहार र दास प्रथाका विरुद्धमा हो। त्यसैले हामीले एउटै टेबलमा बसेर, एउटै कपमा चिया खाएर जुम्ली जनताको आशीर्वाद ग्रहण गर्नु नै हाम्रो परम कर्तव्य हो।’
‘कुनै दल र कुनै व्यक्तिका विरुद्धमा भ्रामक प्रचार, गलत चरित्र र चरित्रहीन कामहरू गर्नु र गलत प्रचारप्रसार गर्नुले हामी व्यक्तिको मात्र चरित्रमाथि दाग लाग्ने कुरा होइन। यसले संसारभरि छरिएर रहेका नेपालीले जुम्लालाई र जुम्ली जनतालाई हेर्ने दृष्टिकोणमाथि पनि असर पर्दछ।’–उनले थपेका छन् ।
जुम्लाको मान, सम्मान, इज्जत, प्रतिष्ठा, यहाँको खस मस्टो संस्कृति, परम्परा र खस सभ्यता जुम्लाको सम्पत्ति भएको उल्लेख गरेका छन्।


