नेपाल भ्यालुयर्स एशोसिएशनको ३ दिने तालिम सम्पन्न
काठमाडौं, १८ माघ । माघ १६ गतेदेखि सुरु भएको नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) को “अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्ड र राष्ट्रिय अभ्यासहरू” सम्बन्धी ३ दिने तालिम आज सम्पन्न भएको छ ।
मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको कार्य क्षमता अभिबृद्धिको लागी ठमेलस्थित होटल यात्रीमा शुक्रबारदेखि सुरु गरिएको ३०औं तालिम (माघ १६–१८) आइतबार समापन गरिएको हो ।
एनभिएका अध्यक्ष इ.संजयकुमार महतोले समापन कार्यक्रमको सभापतित्व गरेका थिए भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल कार्यक्रमका प्रमुख अतिथि थिए ।
एनभिएका उपाध्यक्ष ई.दिनेश कुमार पाठक र ई.शुसिल कुमार अमात्य कार्यक्रमको प्रमुख प्रशिक्षक रहेका थिए ।
“अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्ड र राष्ट्रिय अभ्यासहरू” सम्बन्धी तालिममा मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरू ३० भन्दा सम्पक्ति मुल्यांकनकर्ता इन्जिनियरहरु सहभागी थिए ।
ईन्जिनियरहरुको क्षमता बृद्धिका लागि एशोसिएशनले आयोजना गरेको विशेष कार्यक्रमले भ्यालुयर्स इन्जिनियरहरुको दक्षता,ज्ञान र सिप अभिबृद्धि भई काममा थप कुशलता आउने एनभिएले विश्वास लिएको छ ।






