१८ माघ २०८२, आइतबार | February 1, 2026

हाम्रो परिवारको गर्जो तिनै गोठका बाख्रा र खोरका कुखुराहरूले टार्थे : आशिका तामाङ्ग


February 1, 2026
83
Shares

म धादिङको मलेखुमा जन्मिएकी एउटी सामान्य होइन, अत्यन्तै न्यून स्तरको परिवारबाट सङ्घर्ष गर्दै आएकी किसानकी छोरी हुँ। मेरो बाल्यकालका स्मृतिहरू महलका भित्ताहरूमा होइन, मलेखुका तिनै उकाली(ओराली र अर्काको बारीका कान्लाहरूमा कोरिएका छन्। आज मेरो एउटा स्वभाविक क्रियाकलापलाई लिएर विपक्षीहरूले ूमसलाू बनाउँदै व्यङ्ग्य गरिरहँदा मलाई ती आलोचकहरूसँग कुनै गुनासो छैनस किनकि जसले कहिल्यै हिलो र गोबरसँग साइनो गाँसेको छैन, उसले यसको मर्म कहिल्यै बुझ्न सक्दैन।

मेरा पूजनीय बुबाले आफ्नो सारा जीवन अर्काकै घरमा बसेर र अर्काकै खेतबारी पसिनाले भिजाएर बिताउनुभयो। आफ्नो भन्ने घरसम्म नभएको त्यो कठिन अवस्थामा बुबाले अर्काको घरमा हली बसेर हामीलाई हुर्काउनुभयो। हाम्रो परिवारको गर्जो तिनै गोठका बाख्रा र खोरका कुखुराहरूले टार्थे। नेपालका तमाम कृषकहरूका लागि ती पशुपन्छी केवल ुजनावरु होइनन्, आफ्नै काखका सन्तान जस्तै हुन्। बिहान उठ्नेबित्तिकै भालेको डाँकसँगै सुरु हुने हाम्रो दिनचर्या बाख्राका पाठापाठीको म्याँ(म्याँ आवाजमै रमाउँथ्यो।

​मलाई अझै सम्झना छ, जब घरको समस्या टार्न आफूले काखमा खेलाएको पाठो बेच्नुपथ्र्यो, तब बुबा र मेरो मन कति रुन्थ्यो। आफ्नै सन्तान झैँ माया गरेर हुर्काएको जीवलाई पैसासँग साट्नुपर्दाको त्यो पीडा धादिङको मात्र होइन, सम्पूर्ण नेपाली किसानका आँखामा आज पनि झल्किन्छ। हो, मैले तिनै पशुपन्छीसँग संवाद गर्दा तिनीहरूमा आफ्ना तिनै सङ्घर्षशील बुबा र आम नेपाली कृषकको प्रतिबिम्ब देखेकी हुँ। सुकिला(मुकिला भएर सहरका चिल्ला सडकमा राजनीति गर्नेहरूका लागि यो एउटा ूहास्यू को विषय होला, तर म जस्ता भुइँमान्छेका लागि यो जीवनको कटु यथार्थ हो। तपाईंहरूले मान्छेलाई केवल ूमतदाताू देख्नुभयो, तर मैले ती निर्दोश प्राणीहरूमा पनि संवेदना र नेपाली किसानको भाग्य र भविष्य देखेँ।

​मेरो राजनीतिक यात्राको मुख्य उद्देश्य नै तिनै उपेक्षित कृषकहरूको आँसु पुछ्नु हो। म स्वयम् वैदेशिक रोजगारीको कठोर अनुभव सँगालेर फर्किएकी एक नेपाली चेली हुँ। मलाई राम्रोसँग थाहा छ जब गाउँमा कृषि र पशुपालनले उचित मूल्य पाउँदैन, तब एउटा युवा मरुभूमिको तातो बालुवा वा पराई भूमिमा पसिना बगाउन बाध्य हुन्छ। मलेखुको त्यो गोठ र अर्काको घरको आश्रयबाट सुरु भएको मेरो यात्रा अब देशको नीति निर्माण तहसम्म पुग्नेछ, तर मेरो काँधमा सधैँ त्यही नाम्लो र कुटोको डोब जीवित रहनेछ। ​अन्त्यमा, विपक्षी साथीहरूलाई मेरो एउटै अनुरोध छ मेरो विरुद्ध भ्रम छर्नु र मेरो धरातललाई गिज्याउनु सट्टा आफ्ना एजेन्डा सहित जनताको घरदैलोमा जानुहोस्। मेरो विरोध गर्नुभन्दा पहिले विगतमा तपाईंहरूले गरेको भ्रष्टाचार र जनतामाथि थोपरेको पापको माफी माग्नुहोस्। तपाईंहरूले मान्छेलाई सधैँ भोटको साधन मात्र बनाउनुभयो, तर अब सचेत जनताले तपाईंहरूको भ्रम बुझिसकेका छन्। ​मलाई मेरो धरातल र मेरा किसान दाजुभाइ, दिदीबहिनीहरूको अभाव बिर्सने छुट छैन। विपक्षीहरूले जतिसुकै प्रहार गरून्, मेरो साइनो सधैँ यही माटो र यही गोठसँग अटुट रहनेछ। मेरो लडाइँ त्यही दिनसम्म जारी रहनेछ, जबसम्म एउटा किसानको छोराछोरीले आफ्नै माटोमा भविष्य देख्न पाउँदैनन्।

प्रतिक्रिया