१७ माघ २०८२, शनिबार | January 31, 2026

चेतना महिला मा.वि.मा डिजिटल बैंकिङ्ग साक्षरता तालिम सम्पन्न


January 31, 2026
83
Shares

टोखा, काठमाडौँ आईसीटी पत्रकार विकास मञ्चको आयोजना तथा कृषि विकास बैंकको सहयोगमा टोखा नगरपालिका वडा नं। ९ स्थित चेतना महिला माध्यमिक विद्यालयमा एक दिने डिजिटल बैंकिङ्ग साक्षरता तालिम भव्यताका साथ सम्पन्न भएको छ।

विद्यालयमा अध्ययनरत महिला दिदीबहिनीहरूलाई डिजिटल बैंकिङ्गको पहुँच र सुरक्षाबारे जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी वक्ताहरूले वर्तमान समयमा डिजिटल साक्षरता अपरिहार्य रहेको भन्दै यसको सही प्रयोगमा जोड दिनुभयो।

प्रमुख अतिथि तथा वक्ताहरूको संक्षिप्त भनाइ

धुर्व पौडेल ९वरिष्ठ शाखा प्रमुख, कृषि विकास बैंक०स् ‘आजको युग डिजिटल युग हो। बैंकिङ्ग कारोबारलाई सरल र सुरक्षित बनाउन डिजिटल माध्यमको प्रयोग जरुरी छ। कृषि विकास बैंक सधैं यस्ता जनचेतनामूलक कार्यमा सहयोग गर्न तयार छ।’

गोविन्द प्रसाद भुषाल (केन्द्रीय सदस्य, राष्ट्रिय अभिभावक संघ) ‘अभिभावकहरू प्रविधिमैत्री भए मात्रै सन्तानको भविष्य र घरको आर्थिक व्यवस्थापन सुदृढ हुन्छ। यो तालिम समयसापेक्ष र प्रभावकारी छ।’

कृष्ण सापकोटा (प्रशिक्षक) ‘डिजिटल बैंकिङ्ग सुविधा मात्र होइन, यो एक सीप हो। सुरक्षाका उपायहरू अपनाएर यसलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्छ।’

टेक नारायण सापकोटा (पूर्व प्रधानाध्यापक):’शिक्षा केवल किताबमा सीमित हुनुहुँदैन। यस्ता व्यावहारिक र प्राविधिक ज्ञानले महिलाहरूलाई समाजमा अगाडि बढ्न मद्दत गर्दछ।’

सुशील पन्त (पूर्व अधिकृत, स्ट्याण्डर्ड चार्टर्ड बैंक): बैंकिङ्ग क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्न नसके हामी पछि पर्नेछौँ। साना-साना डिजिटल कारोबारबाटै ठूलो परिवर्तन सम्भव छ।’

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स प्रतिनिधि: बैंकिङ्गसँगै बिमा र सुरक्षाका कुराहरूलाई पनि डिजिटल माध्यमबाट जोड्न सके जोखिम न्यूनीकरणमा सहयोग पुग्छ।

शान्ता पण्डित (प्रधानाध्यापक, चेतना महिला मा।वि) : हाम्रो विद्यालयका दिदीबहिनीहरूका लागि यो तालिम अत्यन्तै फलदायी रह्यो। यसले उहाँहरूको आत्मविश्वास बढाएको छ।

उर्मिला अमात्य सह-प्रधानाध्यापक:’सिकाइको कुनै उमेर हुँदैन। डिजिटल प्रविधि सिकेर महिलाहरूले आफ्नै खुट्टामा उभिने साहस गर्नुपर्छ।’

कृष्ण राज तिमल्सिना -सदस्य, आईसीटी पत्रकार विकास मञ्च: सूचना प्रविधिको विकासलाई नागरिकको घरदैलोसम्म पुर्‍याउनु हाम्रो लक्ष्य हो।

कार्यक्रमको सञ्चालन पत्रकार तथा समाजसेवी साबित्री बस्नेत (सबु) ले अत्यन्तै रोचक र प्रभावकारी ढङ्गले गर्नुभएको थियो। उहाँले कार्यक्रमको बीच-बीचमा प्रविधिको महत्त्वबारे जानकारी गराउँदै सहभागीहरूलाई सक्रिय बनाउनुभएको थियो।

कार्यक्रमको समापन गर्दै आईसीटी पत्रकार विकास मञ्चका अध्यक्ष, समाजसेवी तथा राजनीतिज्ञ पुष्कर राज पाण्डेले भन्नुभयो ‘हामीले डिजिटल नेपालको सपना देखिरहँदा जगैदेखि महिलाहरूलाई प्रविधिमा जोड्नु आवश्यक छ। यस तालिमले महिला दिदीबहिनीहरूलाई बैंकिङ्ग ठगीबाट बच्न र प्रविधिको सही सदुपयोग गर्न सिकाएको छ। आगामी दिनमा पनि हामी यस्ता समुदाय लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिनेछौँ।’

सहभागी महिलाहरूले तालिम अत्यन्तै उपयोगी भएको र यस्ता कार्यक्रमले आफूहरूलाई आधुनिक बैंकिङ्ग प्रणालीसँग परिचित गराएको भन्दै खुसी व्यक्त गरे।

प्रतिक्रिया