१५ माघ २०८२, बिहिबार | January 29, 2026

रुपन्देही जिल्ला अदालतद्धारा रविविरुद्धको मुद्दा फिर्ता गर्न अस्वीकार


January 29, 2026
332
Shares

काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले प्रतिवादी रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने गरी गरेको निर्णय कार्यान्वयनका लागि परेको निवेदन कार्यान्वयन गर्न अदालतले अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतमा त्यस विषयमा परेको रिटको टुंगो लागेपछि मात्र पेश गर्नू भन्ने आदेश भएको छ ।

माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ‘उक्त विषयमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन नै रहेको बुझिन आएकाले त्यसको अन्तरिम आदेशको विषयमा अन्तिम टुंगो लागेपछि मात्र पेश गर्नू’ भन्ने आदेश दिएको हो ।

 

प्रतिक्रिया