१४ माघ २०८२, बुधबार | January 28, 2026

आमा–छोरा हत्या प्रकरणः बुहारीसहित दुबईबाट आएका युवक पक्राउ


January 28, 2026
664
Shares

बारामा एकै परिवारका आमा छोरा हत्यामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् ।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएपछि बुहारी र अर्का एक युवक पक्राउ परेका छन् । बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमणबाट ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन् । उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा बुहारीसँगै पक्राउ परेका युवक १२ माघमा मात्रै दुबईबाट नेपाल आएको पाइएको छ ।

प्रतिक्रिया