१६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको उम्मेदवार, घोषणापत्रमा के के लेखिदै छ ?
काठमाडौं,१३ माघ। नेपाली कांग्रेसले पार्टीको घोषणापत्र लेखन कार्य जारी रहेको जनाएको छ।
केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले केही समयपछि घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको बताए।
प्रतिनिधि सभा सदस्य निर्वाचन — २०८२
केन्द्रीय प्रचार प्रसार समिति
प्रेस – संवाद
२०८२ माघ १३
गर्विलो इतिहासमा भरपर्दो भविष्य
सुधारको यात्रा, कांग्रेसको प्रतिज्ञा
बदल्यौं कांग्रेस, बदल्छौं देश ।
पार्टीले हालै सम्पन्न विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचना सहित निर्वाचन अभियानलाई तीव्रता दिएको छ । निम्न बुँदाहरूमा पार्टीको वर्तमान अवस्था र तयारी संक्षिप्त रूपमा प्रस्तुत गरिएको छः
१। देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका सबै उम्मेदवारहरू कायम रहेका छन् ।
२। विद्रोह गरेका केही साथीहरूले मनोनयन फिर्ता लिइसकेका छन् । बाँकी रहेका थोरै स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका अन्य उम्मेदवारहरूलाई विजयी बनाउन आह्वान गर्ने क्रम जारी छ ।
३। विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय कार्यसमितिले अत्यन्त सीमित समयमा उम्मेदवार चयन, प्रचार र परिचालनका कार्यहरूलाई व्यवस्थित रूपमा सञ्चालन गरिरहेको छ ।
४। प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका÷गाउँपालिका र वडा तहसम्म प्रचार प्रसार तथा परिचालन समिति गठनको कार्य अन्तिम चरणमा पुगेको छ । यो कार्य अबको दुई दिनभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
५। निर्वाचन प्रचार–प्रसारका क्रममा निर्वाचन आयोगको आचार संहितालाई पूर्ण रूपमा पालना गरिनेछ । गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिक रूपमा थप आचार संहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।
६। प्रचारका दौरान पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ । ९व्यक्तिगत जीवनमा प्रवेश नगर्ने, मानव स्वतन्त्रताको सम्मान गर्ने०
७। प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाउने नीति अपनाइएको छ ।
८। पार्टीमा पुराना साथीहरू पुनः जोडिने क्रम बढेको छ भने नयाँ प्रवेशको लहर पनि चलेको
छ । अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको
छ । जस्तै डोल्पाका अन्य पार्टीका उम्मेदवार दिल वहादुर विष्ट र जुनु भण्डारी ले आफ्नो उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
⁃ राष्ट्रिय सभामा पार्टीका साथीहरू कोशीबाट सुनीलबहादुर थापा निर्विरोध र धर्मेन्द्र पासवान, रञ्जित कर्ण, गीता देवकोटा, जगत तिमिल्सिना, वासुदेव घिमिरे, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्मबहादुर खाती ०८२ माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित हुनु भएको छ ।
९। पार्टी सभापति गगनकुमार थापा सहितका शीर्ष नेताहरू निर्वाचन क्षेत्रहरूमा मतदातासँग नियमित सम्पर्कमा रहनु भएको छ । यसै सिलसिलामा सभापति हाल सर्लाही क्षेत्र नं। ४ को कार्यक्रममा व्यस्त रहनु भएको छ ।
फाल्गुण ७ गते जनकपुरधाममा विशेष सभाको आयोजना गरिएको छ । केन्द्रीय स्तरको आमसभा अन्य क्षेत्रमा क्रमशः आयोजना गरिने छ ।
१०। केही समयपछि पार्टीको घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको छ । उक्त घोषणापत्रमा सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रमहरू समावेश
हुनेछन् ।
११। समकालीन राजनीतिक, वैचारिक, नीतिगत तथा समसामयिक विषयमा प्रत्येक दुई दिनमा डबली संवाद कार्यक्रम सञ्चालन गरिनेछ ।
१२। हरेक दुई दिनमा दिउँसो ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार संवाद कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनेछ । यो कार्यक्रमको संयोजन नेपाल प्रेस युनियनले गर्नेछ ।
नेपाली कांग्रेस सुधार, एकता र विकासको प्रतिबद्धतासहित जनतामाझ बलियो उपस्थिति जनाउँदै अगाडि बढिरहेको छ ।
अन्तमा, सम्पूर्ण साथीहरूलाई एकतावद्ध भई चुनावमा जुट्न र कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मतका साथ विजयी बनाउन नेपाली कांग्रेस आह्वान गर्दछ ।
जय नेपाल १
देवराज चालिसे
प्रवक्ता
एवं
संयोजक— केन्द्रीय प्रचार प्रसार समिति


