८ बैशाख २०८३, मंगलबार | April 21, 2026

रविको अभियोग संशोधन गर्ने ‘नयाँ प्रमाण’ झिकाउन सर्वोच्चको आदेश


January 25, 2026
332
Shares

काठमाडौं, ११ माघ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्न महान्यायाधिवक्ता कार्यालयले स्वीकृति दिँदा फेला पारेका नयाँ प्रमाण झिकाउन आदेश दिएको छ।

आइतबार न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले थप नयाँ प्रमाणका फाइल झिकाउन आदेश गरेको हो।

महान्यायाधिवक्ता सबिता भण्डारीले इजलासमा बहस गर्दा अभियोग पत्र संशोधन गर्न निर्णय गर्नुअघि थप प्रमाण फेला परेको जिकिर गरेकी थिइन्।

 

प्रतिक्रिया