नुवाकोट–१ का नागरिक र युवाहरूलाई संजिव गुरुङ्गको आह्वान
नुवाकोट क्षेत्र नं। १ आज परिवर्तनको खोजीमा छ।
तर यो परिवर्तन पार्टी बदल्ने खेल होइन
प्रणाली सुधार्ने संघर्ष हो।
हामीले दशकौँदेखि एउटै दृश्य दोहोरिएको देख्यौँ
चुनावअघि मीठा सपना,
चुनावपछि मौनता,
र पाँच वर्षसम्म जनताको पीडा बिर्सने प्रतिनिधि।
कांग्रेस आफ्नै गुट–उपगुटमा अल्झिएको छ।
एमाले आन्तरिक तानातानमा व्यस्त छ।
नयाँ भनिएका दलहरू भ्रम फैलाउने प्रतिस्पर्धामा छन्।
माओवादी विगतको भार बोक्दै वर्तमानप्रति उत्तरदायी हुन सकेको छैन।
यसको परिणाम के भयो रु
नुवाकोटका युवा विदेशिन बाध्य भए।
किसानको पसिना उचित मूल्य नपाई सुक्यो।
शिक्षा, स्वास्थ्य र रोजगारी दलको सिफारिसबिनै असम्भव बनाइयो।
अब प्रश्न स्पष्ट छ
नुवाकोट क्षेत्र नं। १ फेरि प्रयोगशाला बन्ने कि उदाहरण रु
हामी फरक झण्डा बोकेका कार्यकर्ता होइनौँ।
हामी दलको गुलाम होइनौँ।
हामी यो भूमिका मालिक हौँ।
अब समय आएको छ
भोटलाई सौदाबाजी होइन,
जवाफदेहिताको औजार बनाउने।
अब प्रतिनिधि भन्नाले
भाषण गर्ने होइन,
हिसाब दिने व्यक्ति चाहिएको छ।
युवाहरूलाई अपिल
नारा होइन, नीति सोधौँ।
नेता होइन, नतिजा खोजौँ।
भावनामा होइन, विवेकमा मत हालौँ।
बूढापाकालाई सम्मानसहित आग्रह
आफ्नो अनुभवले
गल्ती दोहोरिन नदिनुहोस्।
महिला दिदीबहिनीहरूलाई भरोसा
तपाईंको श्रम, सम्मान र सुरक्षाको
राजनीतिक सौदाबाजी हुन दिइने छैन।
नुवाकोट क्षेत्र नं। १
कुनै दलको बिर्ता होइन।
यो सचेत नागरिकको साझा उत्तरदायित्व हो।
यदि तपाईं पनि
भ्रष्टाचारमुक्त प्रतिनिधित्व,
स्थानीय रोजगारी,
युवाको भविष्य र
नुवाकोटको आत्मसम्मान चाहनुहुन्छ भने
अब मौन बस्ने समय होइन।
अब डराउने समय होइन।
अब सचेत भएर एकजुट हुने समय हो।
परिवर्तन टाढाबाट आउँदैन।
यो नुवाकोटबाट सुरु हुन्छ।


