यी हुन् कांग्रेसका १६५ मध्ये ११ महिला उम्मेदवार
काठमाडौँ, ७ माघ । सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि ११ महिला उम्मेदवार बनाएको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले ११ महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका हुन् ।
उम्मेदवार बनेका मध्य ६ जना पार्टीको केन्द्रमा राजनीति गरेका छन् । निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, तथा पार्टीको केन्द्रीय समितिमा काम गरेकाहरू सरिता प्रसाई, सुशीला थिङ, किरण यादव, सपना राजभण्डारी, नानु बास्तोला छन् । ११ जनामध्ये प्रसाई, यादव, थिङ, उपाध्याय, राजभण्डारी र कुसुमदेवी थापा मगर पूर्वसांसद पनि हुन् ।
निवर्तमान संसद्मा थिङ कांग्रेसको सचेतक थिइन् भने थापा मगर प्रतिनिधिसभाको कृषि समिति सभापति थिइन् । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।
यी हुन् कांग्रेसका महिला उम्मेदवार
१ झापा २ सरिता प्रसाईं
२ झापा ५ मन्धरा चिमरिया
३ महोत्तरी ३ किरण यादव
४ सिराहा ४ चन्द्रकलाकुमारी यादव
५ सिन्धुली २ सुशीला थिङ
६ मकवानपुर १ महालक्ष्मी उपाध्याय ‘डिना’
७ काठमाडौँ ८ सपना राजभण्डारी
८ काठमाडौँ ९ नानु बास्तोला
९ चितवन २ मिनाकुमारी खरेल
१० रुकुमपूर्व कुसुमदेवी थापा मगर
११ दैलेख १ वासना थापा


