राजनीतिका नाममा तुच्छखेल भइरहेको छ : विश्लेषक विष्णु पन्थी
काठमाडौं । राजनीतिक विश्लेषक विष्णु पन्थीले राजनीतिमा तुच्छ खेल भइरहेको टिप्पणी गरेका छन् । इमानदार नीति राजनीतिलाई फोहोरी खेलमा परिणत गरिएको उनको आरोप छ ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्,“ राजनीति इमानदार नीति हो । राजनीति जनसेवाको उच्चतम नीति हो । यसको प्रयोगबाट सत्यको जित हुनुपर्छ । राजनीतिक बेइमानी कहीं कतै भयो भने पनि त्यसमा सुधार ल्याउनु पर्छ र स्वच्छ बनाउँदै लैजानु पर्छ ।” त्यसो हुनुको सट्टा राजनीतिलाई फोहोरी खेलमा परिणत गरिँदै र दाउपेचको अखडा बनाइँदै गएको उनले तर्क गरेका छन् ।
उनले नेपालमा बाहिरी शक्तिको चलखेल भइरहेको पनि संकेत गरेका छन् । उनले अगाडी लेख्छन् “नेपालको नियति बाहिरी शक्तिको चलखेल गर्ने राजनीतिक भूमि त होइन भन्ने प्रश्नले सज्जनहरूको मथिंगल मात्रै होइन मुटु नै हल्लाई दिएको छ । नेपाललाई अरूको स्वार्थ सिद्ध गर्ने भूमिवाट मुक्त गर्नका लागि राजनीति हुनु अनिवार्य भएको छ । नेपाली मन र माटोमा व्याप्त राजनीतिक प्रदूषण हटाउन लाग्नु नै नेपालीको पहिलो कर्तव्य हो ।”
अथवा राजनीतिमा गर्नु कि यति सम्मन ।
आफैले शिर काटेर शोक सन्देश प्रेषण ।।
यो महाभारतको कणिकनीति अन्तर्गतको नीति हो । यसलाई तुच्छ तहको नीति भनिन्छ । राजनीतिमा यस्तोसम्म पनि षड्यन्त्र हुन्छ बन्ने कुरालाई व्यक्त गरिएको छ । राजनीतिमा धर्मनीतिदेखि तुच्छनीति सम्मको प्रयोग हुन्छ ।
महाभारतमा यस्ता खराब नीतिको चर्चा पनि छ । यस्ता नीतिको निर्लज्ज प्रयोग आजकल भएको देख्न र भोग्न पाइएको छ ।
तर राजनीति इमानदार नीति हो । राजनीति जनसेवाको उच्चतम नीति हो । यसको प्रयोगबाट सत्यको जित हुनुपर्छ । राजनीतिक बेइमानी कहीं कतै भयो भने पनि त्यसमा सुधार ल्याउनु पर्छ र स्वच्छ बनाउँदै लैजानु पर्छ ।
त्यसो हुनुको सट्टा राजनीतिलाई फोहोरी खेलमा परिणत गरिँदै छ र दाउपेचको अखडा बनाइँदै छ ।
नेपालको नियति बाहिरी शक्तिको चलखेल गर्ने राजनीतिक भूमि त होइन भन्ने प्रश्नले सज्जनहरूको मथिंगल मात्रै होइन मुटु नै हल्लाई दिएको छ ।
नेपाललाई अरूको स्वार्थ सिद्ध गर्ने भूमिवाट मुक्त गर्नका लागि राजनीति हुनु अनिवार्य भएको छ । नेपाली मन र माटोमा व्याप्त राजनीतिक प्रदूषण हटाउन लाग्नु नै नेपालीको पहिलो कर्तव्य हो ।


