२७ पुस २०८२, आइतबार | January 12, 2026

जसले देउवालाई मत दिए आज उनलै फिर्ता लिए


January 11, 2026
0
Shares

काठमाडौं । सभापतिमा दोस्रो पटक निर्वाचित भएको चार वर्ष बितिसक्दा पनि शेरबहादुर देउवासँग न संख्या बाँकी छ, न स्पष्ट सन्देश। पार्टीभित्र उठेको जेन–जी विद्रोहको भाव र रूपान्तरणका प्रयासको संकेत बुझ्न नसक्दा उनको नेतृत्वमा रहेको पार्टीसत्ता क्रमशः कमजोर बनेको छ।

जुन महाधिवेशन प्रतिनिधिहरूले भारी मतका साथ देउवालाई सभापति चुनेका थिए, तिनै प्रतिनिधिहरू अहिले विशेष महाधिवेशनमा सहभागी हुँदै ‘मत फिर्ता’ को आवाज उठाइरहेका छन्। केन्द्रीय समितिमा रहेको देउवाको बहुमतसमेत अब भत्किएको अवस्था देखिन्छ।

विशेष महाधिवेशनको मञ्चले देउवाको बहुमतलाई ‘सनाखत’ गर्नुपर्ने स्थितिमा पुर्‍याएको छ। यस्तो अवस्थामा अब देउवा प्राविधिक हैसियतमा मात्रै नेपाली काँग्रेसको सभापति रहेको टिप्पणी हुन थालेको छ।

प्रतिक्रिया